राहत वितरण गर्न गएका वडाअध्यक्षमाथि कुटपिट

राहत वितरण गर्न गएका वडाअध्यक्षमाथि कुटपिट

इटहरी : राहत वितरणमा भेदभाव गरेको भन्दै सुनसरीको इनरुवा नगरपालिकाका एक जना वडाध्यक्ष कुटिएका छन् । राहत वितरणका लागी इनरुवा ८ स्थित दलित वस्तीमा पुगेका वडाअध्यक्ष रविन्द्र मण्डललाई स्थानीयले कुटपिट गरेका हुन् ।

राहत वितरणको तयारी हुँदै गर्दा स्थानियहरुले वडाअध्यक्ष रविन्द्र मण्डललाई चारैतर्फबाट घेरा हालेर कुटेका थिए । स्थानीयले उनीमाथि लाती मुक्काले हिर्काएका थिए ।

वस्तीमा हुनेखानेलेसमेत राहत मागेको तर आफूले अतिविपन्नलाई मात्र राहत दिने बताएपछि केही मानिसले हातपात गरेको बताए । कुटपिट सुरु भएपछि प्रहरीले तत्कालै वडाअध्यक्षको सुरक्षाका लागि प्रहरी पठाएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.