कोरोना प्रभाव: डेरी उद्योग बन्द, सरकार खोज्दै किसान

कोरोना प्रभाव: डेरी उद्योग बन्द, सरकार खोज्दै किसान

इलाम : लकडाउनसँगै नीजि उद्योगले दुग्ध खरिद गर्न बन्द गरेपछि इलामका किसान समस्यामा परेका छन् । नीजि कारखानासँग कारोबार गर्ने एक हजारभन्दा बढी कृषकको दूध बिक्री नहुँदा उनीहरु समस्यामा परेका हुन् ।

 
दुध खरिद गरेर भारतमा बिक्री गर्ने सीमावर्ती पशुपतिनगर क्षेत्रका किसानको दुध लकडाउन सुरु हुनुभन्दा केही दिनअघि देखि बन्द भएको सूर्योदय नगरपालिका २ वाघविरेका हेम भट्टराईले जाकारी दिए । उनले सुनाए, 'दैनिक ७५ लिटर दूध हुन्छ, केही सस्तोमा पशुपतिनगरमा बेच्छु अरु यसै सड्छ ।'

उनीमात्रै हैन वागविरे गाउँमा एक सय ५० भन्दा बढी कृषकले उनको जस्तै समस्या भोगिरहेका छन्। उनले भने,' सहज हुँदा नीजि डेरीले अस्वस्थ प्रतिस्प्रर्धा गरेर दुग्ध विकास संस्थानलाई गाउँबाट हटाए। आज किसानलाई समस्या पर्दा नीजि कारखाना सटर बन्द गरेर हिँडे।'

साधना डेरी कारखानाले दूध लिन बन्द गरेपछि गाईभैंसीलाई दानापानी गर्न समेत समस्या परेको भट्टराईले बताए ।  लक्‍की डेरीका सञ्चालक तुलु तामाङले आफूसँग कारोबार गर्ने करिब ४ सय किसानको दूध चैत्र १६ देखि खरिद बन्द गरेको बताए । उनी भन्छन्, 'किसान दूध खरिद गर्न भन्छन्, यस्तो महामारीमा ज्यानको माया मारेर काम गर्ने अवस्था छैन ।'

उनले व्यवसायीको उत्पादन समेत नविकेकाले समस्या थपिएको बताए । उनले आफ्नो कारखानामा मात्रै २५ लाखको चिज स्टक रहेको बताए ।  राष्ट्रिय कृषक समूह महासंघ इलामका सचिव गणेश खड्काले सरकारले किसानको दुध व्यवस्थापनमा उपयुक्त व्यवस्था गर्नुपर्ने बताए । उनले भने,' सरकारले चियाजस्तै दुग्ध किसानका समस्यालाई पनि ध्यान दिनुपर्ने बताए । उनले भने, 'दुग्ध कारखाना चलाउन तीनै तहका सरकार संवेदनशिल देखिएनन् ।'
 
बिक्री नभएको दूधको क्षतिपूर्तीको समेत व्यवस्था गर्नुपर्ने खड्काको भनाई छ । इलामका किसानले साविक अवस्थामा समेत दूध उत्पादन लागत नपाएको अवस्थामा डेरीका सटर बन्द हुँदा सबैको विजोक भएको बाघ विरेकी गाईपालक कृषक बुना कटुवालले बताइन् ।

उनले दुखेसो गरिन्, 'दु:ख पर्दा हाम्रो लागि स्थानीय सरकार समेत रहेन छ।' दैनिक ४५ लिटर दूध उत्पादन गर्ने उनले दाना घटाएर बाछाबाछीलाई दूधै दिने गरेको बताइन् । 

इलाम दुग्ध उत्पादनका लागि अग्रिणी जिल्लामा पर्दछ । दुग्ध विकास सस्थान विराटनगरका लागि इलामका आठ वटा चिस्यान केन्द्रबाट दैनिक ३५ हजार लिटर दुध संकलन हुने गरेको छ ।

निजी क्षेत्रले दैनिक ५३ हजार लिटरको हाराहारीमा दुध खपत गर्दै आएका थिए । निजी डेरीमा मात्रै एक हजार भन्दाबढी कृषकले दुध बिक्री गर्दै आएको महासंघका सचिव खड्काले बताए । अहिले नीज क्षेत्रमा दूध बिक्री गर्ने कृषक प्रभावित भएको उनले बताए ।

उनले भने, 'डिडिसिले नीजिमा दुध बिक्री गर्ने किसानको दूध खरिद गर्न अस्वीकार गरेकाले समस्या जटिल बनेको हो ।' इलामका १० वटै स्थानीय तहमा गाईपालक कृषकको सघन उपस्थिति रहेका उनले बताए । उनले भने, 'यस्तो अवस्थामा पनि स्थानीय सरकार भने संवेदनशील देखिएन।'

इलामका १८ वटा चिज कारखानाले दैनिक २७ हजार लिटर दूध संकलन गर्दै आएका छन् । स्थानीय बजार क्षेत्रमा दैनिक ५ हजार लिटर दुध बिक्री हुने गरेका थियो । छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्ने गरेका थिए ।  ललिपप, बम्बैसन जस्ता मिठ्ठाई बनाउने उद्योगले ३ हजार लिटर र भारतका बजारमा ३ हजार लिटर दुग्ध बिक्री हुने गरेको लामो समय इलाममा बसेर काम गरेका पशु चिकित्सक डा. पशुपति खतिवडा बताउँछन् । 

इलाममा १८ चिज कारखाना, १५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाइ बनाउने उद्योग रहेको सरकारी तथ्यांक छ ।  इलाममा  वार्षिक एकलाख १६ हजार ८६ मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको छ । होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्यांक छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.