सिरहामा प्रहरी र स्थानीयबीच झडप : २३ राउण्ड फायर, १४ जना प्रहरी नियन्त्रणमा

सिरहामा प्रहरी र स्थानीयबीच झडप : २३ राउण्ड फायर, १४ जना प्रहरी नियन्त्रणमा

सिरहा : सिरहा नगरपालिका १७ पटेर्वा गाउँमा सोमबार राती लकडाउन निगरानी गर्दै गस्तीमा खटिएका प्रहरी टोली र स्थानीयबीच झडप भएको छ । त्यसमा ५ प्रहरी र केही स्थानीय घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड हवाइ फायर गरेका छन् । १४ जना स्थानीयलाई नियन्त्रणमा लिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार सिरहा प्रहरी प्रवक्ता तथा डिएसपी विनोद घिमिरे सहितका टोली लकडाउन उल्लंन भएको-नभएको हेर्दै ड्युटीमा खटिएका थिए । पटेर्वा गाउँमा स्थानीयको भीडभाड हटाउने क्रममा प्रहरीसँग विवाद सुरु भई झडप भएको थियो । अहिले स्थिति समान्य बनेको उनले बताए ।  

स्थानीयको ढुगांमुढाबाट प्रहरीको गाडीमा पनि क्षति पुगेको एसपी चतुर्वेदीले जानकारी गराए । घटनाबारे थप छानबिन भइरहेको उनले सुनाए । घाइतेलाई जिल्ला अस्पताल सिरहामा उपचार गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.