कोरोना रोकथामका लागि गुगल र एप्पलको सहकार्य
वासिंटन : ब्लूतुथ प्रविधिबाट कोरोना भाइरसको जोखिम ट्र्याक गर्ने काममा एप्पल र गुगल कम्पनीले सहयोग गर्ने भएका छन् ।
यस कामका लागि अधिकारीहरुलाई उनीहरुले सहयोग गर्न साझेदारी गरेका छन् । सिलिकन भ्यालीका दुई ठूला कम्पनीले कोरोना प्रभावित मानिसलाई सम्पर्क गर्न ट्रेसिङको लागि संयुक्त रुपमा काम गर्नेछन् । गत शुक्रबार उनीहरुले यसको घोषणा गरेका हुन् ।
यस्तो प्रविधिका लागि यदी कोही स्मार्टफोन प्रयोगकर्तालाई कोरोना संक्रमण देखियो भने उसले आफ्नो रिपोर्ट स्वास्थ्य अधिकारीको सहायतामा एप मार्फत पठाउन सक्छ । प्रयोगकर्ताले आफ्नो पहिचान ‘क्लाउड’मा अपडेट गर्न सक्छ ।
स्वास्थ्य अधिकारीहरुले यस्तो प्रविधिलाई कोरोना भाइरस फैलनबाट रोक्ने उपायको रुपमा व्याख्या गरेका छन् । इजरायल, थाइल्याण्ड लगायत देशले यस्तो ट्रेसिङ प्रविध प्रयोगमा ल्याउन थालेका छन् ।