क्वारेन्टाइनमा राखिएका युवा भाग्ने प्रयास गरेपछि

क्वारेन्टाइनमा राखिएका युवा भाग्ने प्रयास गरेपछि

इटहरी : इटहरी उपमहानगरपालिकाले जनता क्याम्पसमा बनाएको क्वारेन्टाइनबाट मंगलबार दिउँसो एक भारतीय युवा भाग्ने प्रयास गरेका छन् । बिहारको फारबिसगन्जबाट इटहरी आइपुगेका २१ वर्षीय युवाले भाग्ने प्रयास गरेका हुन् ।

इटहरीमा फलफुल व्यवसाय गर्ने आमालाई भेट्न आएका उनलाई सुरक्षाकर्मीले भेटेर इटहरी अस्पताल पुर्‍याएको थियो । अस्पतालमा र्‍यापिड टेस्ट गरिएका उनको टेस्ट रिजल्ट नेगेटिभ आएको क्वारेन्टाइनका इन्चार्ज विशाल दाहालले जानकारी दिए । 

क्वारेन्टाइन पुर्‍याइएका ती युवा क्वारेन्टाइनबाट भाग्ने प्रयास गरेका थिए । क्याम्पसबाट निस्केर चार सय मिटर अघि बढेका उनलाई सुरक्षाकर्मीको सहयोगमा क्वारेन्टाइनमा लगिएको थियो । युवालाई समात्ने क्रममा स्थानीय आतंकित बनेका थिए । 

इटहरीको क्वारेन्टाइनमा २१ जना राखिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.