महाकालीमा भारतबाट फर्किएका २१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

महाकालीमा भारतबाट फर्किएका २१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुमा चैत १ गते यता भारतको दिल्लीबाट आएका तथा होम क्वारेन्टाइनमा बसेका २१ जना पुरुषको सोमबार आरडिटी गरिएको छ ।

तर उनीहरुमध्ये कसैमा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको चिकित्सकहरुले बताए । स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टका अनुसार आरडिटी गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

स्वाब संकलन गर्न छुटेका तथा भारत लगायत अन्य मुलुकको कोरोना संक्रमण सहरबाट दार्चुलाका आएका सबैको क्रमिक रुपमा आरडिटी गरिने उनले बताए । कोरोना परिक्षणका लागि केही किटहरु जिल्ला आइसकेको तथा केही किटहरु आउने क्रममा रहेको जन स्वास्थ्य अधिकृत भट्टको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.