र्‍याापिड टेस्टमा चितवनमा एक जनाको कोरोना पोजिटिभ

र्‍याापिड टेस्टमा चितवनमा एक जनाको कोरोना पोजिटिभ

चितवन : पूर्वी चितवनको रत्ननगरमा  गरिएको र्‍याापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको क्रममा एक जनाको पोजिटिभ रिपोर्ट आएको छ । गुञ्जमान अस्पतालमा गरिएको र्‍यापिड टेस्टमा एक जनाको रिपोर्ट पोजिटिभ देखिएको हो । 

रत्ननगर नगरपालिकाले विदेशबाट फर्किएकाको सुचि तयार गरेर अस्पताललाई दिएको थियो । अस्पतालले र्‍याापिड डाइग्नोस्टिक टेस्ट गर्न सूचना जारी गरेपछि उनी आफैँ अस्पताल गएका थिए । बुधवार गरिएको ३९ जनाको परीक्षणमा उनीमा मात्रै पोजिटिभ देखिएको गुञ्जमान सिंह अस्पतालका प्रशासक मोहन खड्काले बताए । ‘उहाँमा लक्षण केही देखिएको छैन स्वास्थ्य अवस्था सामान्य छ ’, खड्काले भने,  ‘पुन स्वाब परीक्षणका लागि भरतपुर पठाइएको छ । यो अवधिमा उहाँलाई छुट्टै अइसोलेसनमा राखिएको छ  । ’

स्वाबको थप परीक्षणको लागि भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा स्वाबको नमूना ल्याइएको छ ।  प्रयोगशालाको परीक्षणबाट यकिन रिपोर्टपछि मात्रै कोरोना भाइरस भए नभएको यकिन हुन्छ ।

 कोभिड १९ को र्‍याापिड डाइग्नोस्टिक टेस्ट परीक्षणबाट  पूर्वी चितवनको रत्ननगरका ४७ वर्षीय पुरुषमा पोजिटिभ देखिएको हो । प्रयोगशालामा उनको स्वाब परीक्षण थालिएको छ । प्रयोगशालाका वरिष्ठ मेडिकल ल्याब टेक्नोलोजिष्ट दिपक सुवेदीले पिसिआर परीक्षणको रिपोर्टबाट मात्रै थाहा हुने बताए । ‘एक पटक पोजिटिभ आए फेरि हामी दोहोर्‍याएर गर्छौं’, सुवेदीले भने, ‘र्‍यापिड टेस्टबाट मात्रै यकिन भने हुँदैन।’ 

उनलाई गुञ्जमान सिंह अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । उनी फागुन ३० गते दक्षिण कोरियाबाट नेपाल आएका हुन् । नेपाल फर्किने बेला परीक्षण गर्दा भने नेगेटिभ रिपोर्ट आएको उनले अस्पताललाई बताएका थिए । 

गुञ्जमान सिंह अस्पतालले  विदेशबाट फर्किएका वडा नम्बर दशदेखि १६ सम्मका ६४ जनाको र्‍याापिड डाइग्नोस्टिक टेस्ट गरेको थियो ।  तीन जनाको रिपोर्ट आउन बाँकी रहेको छ । बाँकीको रिपोर्ट नेगेटिभ देखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.