जाजरकोटका २०३ जनाको कोरोना परीक्षण 'नेगेटिभ'

जाजरकोटका २०३ जनाको कोरोना परीक्षण 'नेगेटिभ'

जाजरकोट : जाजरकोटमा गरिएको कोरोनाको द्रुत परीक्षणबाट २०३  जनाको रिपोर्ट नेगेटिभ आएको छ । तीनवटा पालिकामा कोरोनाको द्रुत परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको हो ।

हालसम्म जिल्लाको भेरी नगरपालिकामा ८४, जुनीचाँदे गाउँपालिकामा ६१, बारेकोट गाउँपालिकामा ५५ र छेडागाड नगरपालिकामा ३ जनाको द्रुत परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

एक महिनायता भारत र अन्यमुलकबाट आएकाको परीक्षण गरिएको हो । अन्यको भने किट अभावमा हुन सकेको छैन । सरकारले जाजरकोट जिल्लाको लागि तीन सय आरडिटी किट मात्र पठाएको हो । तीन सय जति विदेशबाट मात्र आएका छन् । लकडाउनकै समयमा देशका विभिन्न सहरबाट आएकाको भने किट अभावले परीक्षण गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले बताए । 

अहिलेसम्म परीक्षण गरिएका सबैमा नेगेटिभ रिर्पोट आएको छ । बाँकी चार पालिकामा पनि दुई दिनभित्र परीक्षण गर्ने गरी टोली खटाएका छौं, उनले भने, 'थप परीक्षणको दायरा बढाउन कम्तिमा तत्काल पाँच सय आरडिटी किट माग गरेका छौं। ।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.