अटेर गर्नेलाई फकाएर आइसोलेसनमा पुर्‍याइयो

अटेर गर्नेलाई फकाएर आइसोलेसनमा पुर्‍याइयो

चितवन : गत बुधबार साँझ ६३ वर्षीय आमा र उनका २७ वर्षीय कान्छा छोरा र्‍यापिड डायग्नोसिस टेष्ट गरेर घर फर्किँदै थिए। घर नपुग्दै उनीहरुलाई लिन गाडी आयो। आरडिटीमा पोजिटिभ देखिएको कुरा उनीहरुलाई थाहा दिइएन। स्थानीयले रिपोर्टमा केही नदेखिए पनि भरतपुरबाट कागज लिएर बस्दा ढुक्क हुने भन्दै भरतपुर अस्पताल पठाइएका थिए।

अस्पतालको आइसोलेसनमा राख्न खोज्दा उनीहरु बस्न मानेनन्। पोजेटिभ देखिएकोले निर्देशिका अनुसार आइसोलेसनमा बस्न आग्रह गर्दा आफुहरुलाई केही नभएको भन्दै अटर गरेका थिए। आइसोलेसनमा राख्दा उनीहरुले आफुहरु सुविधायुक्त ठाउँमा बसेको भन्दै आनाकानी गरेपछि चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई कडा रुपमा प्रस्तुत भएका थिए। कोरोना संक्रमणको शंका लागेपछि संक्रमित दुई जनालाई अस्पतालको आइसोलेसनमा फकाएर पठाइएको थियो। अहिले तीनै जना आइसोलेसनमा छन्। दुई जना संक्रमित र ति महिलाको माइला छोरा छन्। माइला छोरामा संक्रमण भने देखिएको छैन्। उनलाई पनि निगरानीमा राखिएको छ। उनको फेरि परिक्षण गरिने छ।

जबरजस्ती उनीहरुलाई आइसोलेसनमा बस्दा पनि उनीहरु कोरोना संक्रमण फेला भएको पत्याउनै चाहेनन्। सुरुको दिनमासँगै बसेका थिए। अस्पतालका मेसु डा. श्रीराम तिवारीका अनुसार पोजेटिभ हुनै सक्दैन भन्दै अटेरका गरेका थिए। 'हामी आमालाई छोडदैनो भनेर सुरुमा तीन जना अटेर गरेर झगडा नै गर्न खोजे' उनले भने 'सिसि क्यामेराबाट हेरेर फोनबाट कराएपछि मात्र अलग अलग बसे।'

चितवनमा फेला परेका कोरोना संक्रमितको सम्पर्कमा आउनेको खोजि थालिएको छ। बेलायतबाट फर्किएपछि उनीहरुले भेटघाट गर्ने र सम्पर्कमा आएकाहरुको खोजि गर्न थालिएको छ।  बढी आवतजावत गर्ने, घरभित्र पस्ने, चकलेट खानेको सूची बनाइएको छ। त्यसरी सम्पर्कमा आएकाहरुलाई  शनिबार साँझबाटै क्वारेन्टाइनमा राखिने तयारी गरिएको छ। सोही वडामा रहेको ब्रम्हनगर माविमा क्वारेन्टाइनको ब्यवस्था गरिएको वडाध्यक्ष बुद्धिराज थपलियाले बताए।

शनिबार दिनभर उनीहरुको सम्पर्कमा आएकाको ट्रेसिङ गरिएको थियो। जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीको नेतृत्वमा टोली खटिएको थियो। तिवारीका अनुसार आवश्यकता अनुसार आरडिटी र पिसिआरबाट परिक्षण गरिने छ। उक्त वडालाई आवतजावतमा रोक लगाउँदै शिल गरिएको नगर प्रमुख प्रभा बरालले बताइन। घरमै क्वारेन्टाइनमा रहन आग्रह गर्दा पनि उनीहरुले अटेर गरेका थिए। बरालले आफै पुगेर सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेकी थिईन। कोरोना भएको पुष्टि भएपछि गाउँ नै त्रसित बनेको छ।

राप्ती नगरपालिका-८ स्थित ब्रम्हनगरका दुई जनामा कोरोना संक्रमण भएको हो। ६३ वर्षीय आमा र उनका २७ वर्षीय छोरामा कोरोना देखिएको हो। बुधबार उनीहरुको आरडिटी गरिएको थियो। भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा परिक्षण गर्दा पोजिटिभ देखिएपछि पुष्टि गर्नका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशाला लगिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट शुक्रबार राति कोरोना संक्रमण भएको पुष्टि भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.