कोरोना जितेर घर फर्किँदै बागलुङकी ६५ वर्षीया महिला

कोरोना जितेर घर फर्किँदै बागलुङकी ६५ वर्षीया महिला

बागलुङ : जिल्लाको दोस्रो तथा नेपालको छैठौँ कोरोना संक्रमित बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया महिलाले कोरोनालाई जितेकी छिन् । उनलाई पोखरामा पछिल्लो दुई पटक गरिएको परीक्षणमा कोरोना संक्रमण नभएको पुष्टि भएको धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख डा.शैलेन्दै बि पोखरेलले जानकारी दिए । 

ती महिलाको पहिलो र दोस्रो स्वाब पोजिटिभ आए पनि तेस्रो र चौथो स्वाब भने नेगेटिभ आएको छ । चैत ४ गते बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी महिलालाई चैत १७ गते कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।

कोरोना संक्रमण भएको पुष्टी भएपछि धौलागिरी अञ्चल अस्पताल बागलुङको आइशोलेशन वार्डमा उपचाररत महिलालाई अब अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ । दम र प्रेसरको समस्या भए पनि ६५ वर्षीया महिलाले उच्च मनोबलका कारण कोरोनालाई सजिलै जितेर घर फर्कन लागेको डा.पोखरेलले बताए । 

अस्पतालबाट डिस्चार्ज गरिए पनि ती महिलालाई केही समय घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिने अस्पतालले जनाएको छ । नेपालको पाचौँ संक्रमित तथा बागलुङकी पहिलो संक्रमित १९ वर्षीया युवतीको भने चौथो रिपोर्ट पनि पोजेटिभ आएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.