किट अभावले विदेशबाट आएकाको परीक्षण हुन सकेन

किट अभावले विदेशबाट आएकाको परीक्षण हुन सकेन

जाजरकोट : कोरोना परीक्षणका लागी शिवालय गाउँपालिकामा पुगेका १७ जना किट अभावमा परीक्षण बिनै फर्कन बाध्य भएका छन्। जाजरकोटको शिवालय गाँउपालिकामा कोरोना भाइरसको परीक्षणका लागि विदेशबाट आएका शंकास्पद व्यक्ति  किट अभावमा परीक्षण बिनै फर्कन बाध्य भएका हुन्। 

गाउँपालिकाले भारत र अन्य मुलुकबाट हालै आएकाको कोरोनाको र्यापीड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्न सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो। 

परीक्षणका लागि शनिबार विदेशबाट आएका ४१ जना उपस्थित भएपनि किट २४ वटा मात्र भएकाले अन्य १७ जना बिना परीक्षण फर्कन बाध्य भएको शिवालय गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बुढाले जानकारी दिए। 

कोरोना परीक्षणका लागी शनिबार किटसहित जिल्ला अस्पतालका डाक्टर औसर सिंह राठौरसहितको टोली शिवालय पुगेको थियो। 

जिल्लामै किट नहुँदा थोरै लिएर आएको तर परीक्षण गर्नेको संख्या धेरै हुँदा फर्काउनु परेको उनले बताए। परीक्षण गरिएका २४ जना सबैको कोरोना रिर्पोट नेगेटिभ आएको डा. राठौरले बताए। परीक्षण गर्न बाँकीको पुनः किटको व्यवस्था गरेर परीक्षण गरिने गाउँपालिका अध्यक्ष नरेन्द्र शाहीले बताए। 

कर्मचारी र अन्य सर्वसाधारणले पनि परीक्षण गर्नु पर्ने भएकोले कम्तीमा शिवालय गाउँपालिकामा मात्र एक हजार किटको आवश्यकता पर्ने अध्यक्ष शाहीले बताए। 
जाजरकोटमा कोरोना परीक्षण गरिएका दुई सय ९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ। ६ वटा पालिकामा कोरोनाका आरडीटी परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको हो। 

जिल्लामा पाँच सय जति विदेशबाट मात्र आएका छन्। विदेशबाट आएका र शंकास्पदको समेत परीक्षण हुन सकेको छैन। लकडाउनकै समयमा देशका विभिन्न शहरबाट आएकाको भने किट अभावले परीक्षण गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले बताए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.