लकडाउनमा मुस्ताङ प्रवेश गर्ने ४ युवालाई क्वारेन्टाइनमा पठाइयो

लकडाउनमा मुस्ताङ प्रवेश गर्ने ४ युवालाई क्वारेन्टाइनमा पठाइयो

जोमसोम : पोखरादेखि म्याग्दीहुँदै आइतबार बिहान ट्रक र पैदलयात्रा गरी मुस्ताङ प्रवेश गर्न खोज्ने ४ जना युवालाई घांसा प्रहरी चौकी तथा स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेको छ । म्याग्दी र मुस्ताङको मुख्य प्रवेशद्धार मानिएको थासाङ गाउँपालिका-४ को जनता आधारभूत विद्यालयमा पालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा राखिएको प्रहरी चौकी घासाका इन्चार्ज नीमप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

क्वारेन्टाइनमा राखिएका ४ युवा मध्ये ३ जना पोखरादेखि पैदल आएको र १ जना मालवाहक ट्रकमा चढेर आएको प्रहरी इन्चार्ज तिमिल्सिनाले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।

सरकारले लगाएको लकडाउन समयमा पोखरादेखि मुस्ताङ प्रवेश गर्न खोज्ने युवामा मुस्ताङको घासा ,कोवाङ,स्याङ र जोमसोमका हुन् । उनीहरुलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सम्झाइ बुझाइ क्वारेन्टाइनमा राखिएको थासाङ-४ का वडाध्यक्ष विशाल शेरचनले जानकारी दिए ।

उनले सरकारले तोकेको मापदण्ड अनुसार १४ दिन क्वारेन्टाईनमा राखि स्वास्थ्य परीक्षण गराई घर पठाइने बताए । यसअघि उपल्लो मुस्ताङका ४ युवा र ट्रकका सहचालक गरी ७ जनालाई घासाकै क्वारेन्टाईनमा राखिएको थियो । घरपझोङ-३ को क्वारैनटाइनमा पनि २ जना छन् ।

योसँगै मुस्ताङ प्रवेश गर्न खोजेका र क्वारेन्टाइनमा बस्नेको संख्या १३ जना पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालले जानकारी दिए । क्वारेन्टाइनमा बस्ने १३ मध्ये ७ जना घर फर्किएका छन् । 

जिल्ला कमाण्ड पोष्ट मुस्ताङका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जिल्लाका ५ स्थान तहका १६ स्थानमा ९६ बेडको क्वारेन्टाईन स्थापना भएको बताए । उनले जिल्ला फर्किने संख्या बढी भएकाले क्वारेन्टाइलाई तेब्बर बनाउन स्थानीय तहलाई निर्देशन दिएको बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.