प्रतिबन्धित भारतीय केरा बरामद

प्रतिबन्धित भारतीय केरा बरामद

चितवन : नेपालमा बिक्रीका लागि ल्याउँदै गरेको भारतीय केरा चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालको ट्रक प्रयोग गरेर ल्याएको केरा आइतबार बिहान भरतपुर महानगरपालिका ४ लंकुबाट बरामद गरिएको हो । 

ना ६ ख ५६१८ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुरका शिव सापकोटाले केरा ल्याएका हुन् । केरा पकाउने चेम्बरमा झार्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो । भारतबाट नेपालको सुनौली नाका हुँदै चितवन ल्याएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्ती राज गुरुङले बताए । 

केरासहितको ट्रक अनुसन्धानको लागि चितवन प्रहरीमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्लामा भारतीय फलफूल तथा तरकारी प्रवेशमा रोक लगाएको छ । ‘भारतबाट भित्रिएको केरा त्यसमा पनि क्वारेन्टाईन स्पष्ट नभएको पाइएपछि नियन्त्रणमा लिएका हौँ ’, एसपी गुरुङले भने, ‘यसको अनुसन्धान थालेका छौँ।’ 

भारतीय केराका कारण स्वदेशी उत्पादनले बजार नपाएको केरा उत्पादक संघका निवर्तमान अध्यक्ष विष्णुहरी पन्तले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.