जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो, ज्वरोका बिरामी भने न्यून

जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो, ज्वरोका बिरामी भने न्यून

परासी : पश्चिम नवलपरासीको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा बिरामीको चाप बढेको छ । चाप बढेपनि ज्वरो र रुघाखोकीका बिरामी भने न्यून रहेको अस्पतालले जनाएको छ।लकडाउनमा ओपिडी सेवासहित सबै सेवा नियमित सूचारु हुँदा बिरामीको चाप बढेको अस्पतालको भनाई छ । 

अस्पतालमा दैनिक १ सय २० देखि १ सय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले जानकारी दिए । 'सरकारको नीतिअनुसार खोप सेवा बन्द छ । फार्मेसीसेवा, ओपिडीसहित मातृ शिशु क्लिनिक, प्रसूति सेवादेखि सबै सेवा नियमित सञ्चालनमा छन् । अस्पतालमा दैनिक रुपमा चाप बढेपनि ज्वरो र रुघाखोकीका बिरामी भने न्यून छन्, 'डा. होदाले भने । 

१ सय ५० बिरामी आउँदा ज्वरोका बिरामी भने ५÷६ जना मात्र रहेको उनले बताए ।'ज्वरोका बिरामी हेर्नका लागि फिभर क्लिनिक सञ्चालन गरेका छौं । उनीहरुको त्यही परीक्षण गरेर पठाइने गरेको छ । अहिलेसम्म शंकास्पद बिरामी देखिएका छैनन्, 'डा. होदाले भने ।

अस्पतालमा आउने अन्य बिरामीमा हाडजोर्नीका समस्या, चोटपटकका कारण छाती दुख्ने, हात खुट्टा भाँचिएकालगायत अन्य अप्रेसन गर्नुपर्ने रहेका छन् ।  'लकडाउनपछि पनि दिनमा २ सय ५० बढी बिरामी आउने गरेका थिए । चाप बढी भयो भनेर सुरक्षाका हिसाबले स्थानीयलाई नजिकैको स्वास्थ्य संस्थामा जान अनुरोध गरेकाले संख्या कम भएको हो,' होदाले भने।

अस्पतालमा सबै प्रकारका एक्सरे, ल्याब टेस्टलगायतका सेवा सूचारु रहेको उनले जानकारी दिए । अस्पतालमा ४ जना मेडिकल अधिकृतसहित ११ जना चिकित्सकले नियमितरुपमा सेवा सञ्चालन गर्दै आएका छन् । भारतीय सीमासँग जोडिएका कारण पश्चिम जिल्ला कोरोनाको जोखिममा रहेको भएपनि जिल्लाका स्वास्थ्य संस्थामा पुगेका बिरामीको अवस्था हेर्दा सन्तोषजनक रहेको डा. होदाले बताए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.