मुस्ताङमा विदेशबाट आएका १५ जनाको कोरोना परीक्षण

मुस्ताङमा विदेशबाट आएका १५ जनाको कोरोना परीक्षण

जोमसोम : हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकामा विदेशबाट आएका संकास्पद व्यक्तिहरुको र्‍यापिड डाइगोनोष्टिक टेष्ट (आरडीटी) परीक्षण सुरु भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङको समन्वयमा जिल्ला अस्पतालका मेडिकल चिकित्सकले १५ जनाको र्‍यापिड परीक्षण गराएका हुन् ।

विदेशबाट फर्किएर जिल्ला आएकाको कोरोना परीक्षण आइतबारदेखि सुरु गरिएको प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालले जानकारी दिए । थासाङ गाउपालिकाको घासा स्थित जनता आधारभुत विद्यालयको क्वारेन्टाईनमा बसेका ७ जना, छिमेकी देश भारतबाट आएको तिब्बतीयन शरणार्थी ३ जना , घरपझोङ –५ ठिनीमा १ जना , कारागार शाखामा २ जना र जिल्ला अस्पताल जोमसोममा २ जना गरी कुल १५ जनाको कोरोना परीक्षण भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । र्‍यापिड परीक्षण गरिएका सबैको रिपोर्ट नेगिटिभ आएको उनले बताए ।

यस्तै ,सोमबार वारागुङ मुत्तिक्षेत्र गाउपालिका–१ रानीपौवामा २ जना र घरपझोङ–२ मार्फामा ११ जना विदेशबाट आएका व्यक्तिहरुको कोरोना परीक्षण गर्ने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले चैत्र महिनाको पहिलो साता विदेशबाट मुस्ताङ आएको व्यक्तिहरुको जिल्लाको ५ वटै स्थानीय तहलाई विवरण माग गरेको थियो । तर, लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउपालिकाबाट विवरण आईनपुगेको प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालले जानकारी दिए । पुरै विवरण नआएकाले कोरोना परीक्षण गर्न समस्या परेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.