लकडाउनले बालगृहका बालबालिका संकटमा

लकडाउनले बालगृहका बालबालिका संकटमा

कपिलवस्तु : लकडाउनका कारण तौलिहवास्थित कपिलवस्तु बालगृहमा रहेका बालबालिकाको दैनिक खानपानको व्यवस्थामा समस्या देखिएको छ। जिल्लावाल संगठन कपिलवस्तुअन्तर्गत सञ्चालन गरिएको बाल गृहको नियमित आम्दानीको स्रोत नागरिकताको फाराम बिक्री र सटर कोठाभाडा नआउँदा बालगृहको दैनिक खर्च धान्न गाह्रो भएको बालगृहले जनाएको छ।

बालगृहमा अभिभावकविहीन २९ बालबालिका र ४ आवासीय कर्मचारी छन्। समुदाय स्तरबाट सञचालनमा रहेको बालगृहमा सरकारी कोषबाट कुनै सहयोग आउँदैन। दैनिक रुपमा बालबालिकाको खाना तथा खाजा खर्च करिब ६ हजार रुपैयाँ लाग्ने गरेको गृहका प्रमुख रामप्रसाद अर्यालले बताए। अहिलेसम्म त जेनतेन धान्दै आयौं, केन्द्र प्रमुख अर्यालले भने, 'लकडाउनको यो अवस्थामा कतैबाट सहयोग नआए बालबालिका भोकभोकै बस्नु पर्ने बाध्यता आउँछ।'

बालगृहका टुहुरा, बेसहारा बालबालिकाको संरक्षणमा कठिनाई उत्पन्न भएपछि यसको सहयोगका लागि स्थानीय तहदेखि प्रदेश सरकारसम्म अनुरोध गरिएको कपिलवस्तु बाल संगठनका अध्यक्ष राजुप्रसाद अर्यालले बताए। अब बालगृहलाई कतैबाट सहयोग नपाए बन्द गर्नुपर्ने अवस्था छ, उनले भने।

बालगृह सञ्चालनमा आएको संकटका बारेमा आफूलाई जानकारी आएको र यसका लागि स्थानीय स्तर र प्रदेश सरकारसँग पनि पहल सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए।

तत्कालीन नेकपा माओवादी र नेपाली सेना दुवै तर्फबाट अभिभावक गुमाएका बालबालिकाको आ श्रय गृहको रुपमा २०५९ सालदेखि बालगृह सञ्चालन हँुदै आएको छ।

पछिल्लो समय बालगृहमा अभिभावकविहीन बालबालिकालाई स्थानीय समुदायको सहयोगमै सञ्चालन गरिँदै आएको छ। बालगृृहबाट हालसम्म एक सय बालबालिका पासआउट भएका छन्। बालगृहमा हाल अभिभावक नै नभएका २४ बालबालिका र बाबुको मृत्यु भएको तथा आमा लामो समय काराबास सजाई पाई कारागारमै रहेका ५ बालबालिका गरी २९ छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.