वृद्ध आमा, बाबुलाई जोगाउन एक महिनादेखि क्वारेन्टाइनमा मेयर

वृद्ध आमा, बाबुलाई जोगाउन एक महिनादेखि क्वारेन्टाइनमा मेयर

झापा : कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल एक महिनादेखि क्वारेन्टाइनमा छन्। लकडाउन हुनु तीन दिनअघि क्वारेनटाइनमा बस्न थालेका पोखरेल भन्छन्, ‘नगरका अन्य जनप्रतिनिधिले मेयर साब नचाहिँदो रूपमा कोरोना रोकथाममा लागे पनि भन्न बाँकी राखेनन्।’

कोरोना भाइरस संक्रमणबाट आफ्ना वृद्ध आमा, बुबा र परिवारका अन्य सदस्यलाई जोगाउन क्वारेन्टाइनमा बसेको उनले बताए। पोखरेलका बुवा ८६ वर्ष र आमा ८४ वर्षका छन्। उनी भन्छन्, ‘आमा दमको बिरामी र बुवाले पनि विभिन्न रोगको औषधि खाइरहनुहुन्छ। त्यसैले पनि आफू सरकारले लकडाउन घोषणा गर्नु अघिदेखि नै घर नगइ भिन्दै क्वारेन्टाइनमा बसेको छु।’

सरकारले लकडाउन घोषणा गरेपछि उनी दैनिक रूपमा योग्य क्वारेन्टाइनस्थल खोज्न थाले। चीन, युरोप र अमेरिकामा जस्तो एकैपटक संक्रमित बिरामी देखिए भने के गर्ने ? त्यसको व्यवस्थापनमा आफ्नो हैसियतले भ्याएसम्म अभियानमा लागि परे। वृद्ध अवस्थाका मानिसलाई कोरोनाको संक्रमण जोखिम बढ्ने भएकाले पनि आमा र बुवालाई जोगाउनका लागि पनि कोरोनाको संक्रमण अन्त्य नहुञ्जेल आफू घरबाहिर नै बस्ने उनले बताए।

उनी अलग्गै घरमा बस्छन्। तर, परिवार बस्ने घर र उनी बस्ने ठाउँ नजिकै छ। उनले खाना खाने भाँडा पनि अलग्गै छ। उनी पूर्ण रूपमा सेल्फ क्वारेन्टाइनमा छन्। मेयर पोखरेलकाअनुसार नेपाल जस्तो सामान्य स्वास्थ्य सेवा भएको देशमा युरोप र अमेरिकामा जस्तो भयावह संक्रमण पैmलिए कसैले कसैलाई जोगाउन नसकिने भएकाले सबैले आफू र आफ्नो परिवारको सुरक्षामा विशेष ध्यान दिनुपर्ने सुझाव दिन्छन्।

क्वारेन्टाइनमा रहेका पोखरेल कोही नयाँ व्यक्तिलाई क्वारेन्टाइनमा राख्नुपरे आपैंm कुद्छन्। कसैलाई आइसोलेसनमा राख्नुपर्ने भयो भने पनि नजिकैको अस्पतालमा पुर्‍याउने काम उनकै हुन्छ। नगरपालिकाको कामका लागि विभिन्न ठाउँमा हिँडिरहनुपर्ने भएकाले आपैmंमार्फत घरमा कोरोना भाइरसको संक्रमण भित्रिने खतराले पनि अलग्गै बस्न गरेको उनको भनाइ छ। नगरपालिकाको दैनिक कार्यसम्पादन र नगरबासीलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउने अभियानमा कुनै अप्ठ्यारो नपरेको मेयर पोखरेलले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.