जाजरकोटका स्वास्थ्य संस्थामा औषधि अभाव

जाजरकोटका स्वास्थ्य संस्थामा औषधि अभाव

जाजरकोट : भेरी नगरपालिका ४ का मोहनजंग खत्री ब्लड प्रेसरको औषधि लिन सदरमुकामस्थित एक मेडिकलमा गए । त्यहाँ औषधि नपाएपछि आधा दर्जन मेडिकल चहारे। तर, कुनै मेडिकलमा पनि औषधि पाएनन् । साता दिनदेखि औषधि खान नपाएको उनको गुनासो छ ।

त्यस्तै सुगरको औषधि सेवन गरिरहेका धनबहादुर अधिकारीले पनि जाजरकोटमा औषधि पाउन छोडेपछि आफू समस्यामा परेको बताए । उनीहरुजस्तै धेरै दीर्घरोगी औषधि नपाउँदा समस्यामा परेका छन् । 

दम, मुटुरोग, ब्लडप्रेसर, सुगरलगायतका दीर्घरोग भएकाले नियमित सेवन गर्ने औषधि निजी मेडिकलसँग सकिएपछि उनीहरु समस्यामा परेका हुन् । लकडाउनका कारण औषधि ढुवानी गर्न नसक्दा अभाव भएको सदरमुकाममा मेडिकल संचालन गर्दै आएका वीरप्रकाश रोकायले बताए ।

उनले भने, 'दीर्घरोगीले खाने अत्यावश्यक औषधिका साथै अन्य औषधि पनि सकिएको छ । जताजतै बन्दाबन्दी छ । गाडी चल्दैनन् । यस्तो बेला कसरी औषधी ल्याउने ? ' सदमुकाममा मात्र होइन जिल्लाका ग्रामीण भेगमा समेत दीर्घरोगीले सेवन गर्ने र अन्य औषधि अभाव देखिएको छ । जिल्लाका धेरै मेडिकल कोरोना सर्ने डरले बन्द छन् । सीमित मात्रामा खुलेका मेडिकलमा पनि औषधिको स्टक सकिँदै गएको छ । औषधि सकिदै गएपछि बिरामी मर्कामा परेका छन् । छेडागाडको थलहमा रहेको डेभिड मेडिकलका संचालक अर्जुन अधिकारीले दीर्घरोगीले खाने औषधिका साथै अन्य औषधि पनि सकिएको बताए । 

उनका अनुसार एल्पाइन, सिरप वेटा २, भ्यान्टिफिलाइन फोर्ट टेबलेट, सेनिटाइजर, मास्क, सिटामोल, ब्रोफलम, जीवनजल लगायतका औषधि सकिएको बताए ।

सबैभन्दा बढी मर्कामा दीर्घरोगीहरु परेका छन् । सरकारी स्वास्थ्य संस्थामा पनि औषधि सकिदै गएको छ । सरकारी स्वास्थ्य संस्थामा दीर्घरोगीले सेवन गर्ने औषधि निशुल्क पाइदैन । जिल्ला अस्पतालमा रहेको फार्मेसीमा समेत दीर्घरोगीले प्रयोग गर्ने औषधि नभएपछि आफूहरु समस्यामा परेको बिरामीको गुनासो छ ।

तर जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले औषधि ढुवानीका लागि पासको व्यवस्था गर्न सकिने बताए । हालसम्म औषधि ढुवानीका लागि पास माग्न कोही आउनु भएको छैन । आएपछि पास उपलब्ध हुन्छ,' उनले भने । 

जाजरकोटमा करीब पाँच सयको हाराहारीमा निजी मेडिकल भएपनि हाल कोरोनको डर मुस्किलले २५, ३०वटा मात्र  खुलेका छन् । अन्य सबै मेडिकल कोरोना भाइरसको संक्रमण हुने डरले बन्द गरिएका छन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.