भारतबाट फर्केका सबैको र्‍यापिड टेस्ट हुने

भारतबाट फर्केका सबैको र्‍यापिड टेस्ट हुने

बैतडी : बैतडीमा भारतबाट फर्केका सबैको र्‍यापिडडाइग्नोस्टि टेस्ट (आरडीटी) गरिने भएको छ । चैतको महिना भारतबाट फर्केका सबैको आरडीटी गरिने भएको हो । 

चैत महिनामात्रै भारतबाट ४ हजार ८२२ जना भित्रिएका भएपनि अहिलेसम्म ७ सयको मात्रै आरडीटी र स्वाब टेस्ट भएकाले बाँकीको पनि र्‍यापिड टेस्ट गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । चैत १० गते अघि बैतडी भित्रिएकाहरुको जाँच गर्न बाँकी रहेकाले उनीहरुको र्‍यापिडटेस्ट गरिने भएको हो । उनले भने, ‘कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि हामीले भारतबाट फर्केका सबैको र्‍यापिड टेस्ट गर्ने निर्णय गरेका छौं ।’

जिल्लामा अहिले १ हजार ६ सय र्‍यापिड कीट मात्रै भएकाले थप कीट प्रदेश सरकारबाट मगाउने पहल भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, ‘पालिकामा गएको चैत महिना भित्रिएकाहरुको तथ्यांक अनुसार ४ हजार बढी नागरिक भित्रिएका छन् । उनीहरु सबैको र्‍यापिड टेस्ट गर्नका लागि थप कीट मगाउने पहल भईरहेको छ ।’

चैत महिनाभित्र दशरथचन्द नगरपालिकामा ५३१ जना, पुर्चौंडीमा ३४३ जना, मेलौलीमा ४४९ जना, पाटनमा ४८२ जना र सुर्नयामा ४०५ जना भित्रिएका छन् । यस्तै डिलाशैनीमा २६५ जना, दोगडाकेदारमा ४०१ जना, पञ्चेश्वरमा ८९५ जना, सिगासमा १३९ जना र शिवनाथ ९१२ जना भित्रिएका बताइएको छ ।

यस्तै बैठकले पालिकास्तरीय क्वारेन्टाइनमा निर्माणका कामलाई पनि तीव्रता दिने निर्णय गरेको छ । यस्तै राष्ट्रिय गौरवका आयोजना र प्रदेश गौरवका आयोजना सञ्चालन गर्न दिने र त्यसको अनुगमन समेत गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । 

यस्तै राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन एकद्वार प्रणाली मार्फत मात्रै गर्न पाउने कुरालाई कडाईका साथ लागु गर्ने निर्णय समेत भएको छ । 
यसैगरी विवाह ब्रतबन्ध जस्ता शुभकार्यमा ५ जनामात्रै सहभागी भएर गर्न पाउने निर्णय समेत कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय संयन्त्रको बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए  ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.