सामाजिक दूरी उल्लंघन गर्ने कार्यक्रम प्रतिबन्ध गर्दै फेसबुक
फेसबुकले सामाजिक दूरी उल्लंघन गर्ने कार्यक्रमहरुमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस संक्रमणसँग संघर्ष गरिरहेका बेला अमेरिकामा लकडाउन प्रतिबन्धको विरोधमा प्रदर्शन भइरहेको छ ।
सोमबार फेसबुकले क्यालिफोर्निया, न्यू जर्सी र नेब्रास्कामा आयोजित एन्टी-क्वारेन्टाइन कार्यक्रमहरु हटाएको छ । सामाजिक सञ्जालका फेसबुकको यो कदमप्रति छलफल भइरहेको छ ।
केही व्यक्तिले यसलाई अभिव्यक्तिको अधिकारको उल्लङघन भएको भन्दै विरोध गरेका छन् । यस्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको छोराले पनि फेसबुकको यो कदमको आलोचना गरका छन् ।
यस बाहेक फेसबुकले नक्कली तथा अपवाह फैलाउने र कोरोना संक्रमण सम्बन्धित गलत सूचना विरुद्ध कारवाही गरिरहेको छ । तर यसअघि फेसबुकले गलत र अपवाह फैलाउनेलाई कारवाही गर्न नसकेको भन्दै आलोचना गरिएको छ।