ताप्लेजुङका ९२ जनाको कोरोना रिपोर्ट नेगेटिभ
ताप्लेजुङ : कोरोना आशंकामा परीक्षण गरिएका ताप्लेजुङका ९२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । चैत्र यता विदेशबाट फर्किएका र क्वारेन्टाइनमा बसेकाको परीक्षण गरिएको हो ।
८८ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) र ४ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख राजकुमार पोख्रेलले बताए । उनका अनुसार मिक्वाखोला गाउँपलिका-५ पापुङका बाहेक बाहिरबाट आएका १६ जना बाहेक सबैको पहिलो चरणको परीक्षण सकिएको छ ।
पापुङमा शुक्रबार गर्ने तयारी छ । आडिटी प्रत्येक स्थानीय तहको केन्द्रमा पुगेर गरिएको थियो भने पीसीआर परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनामा गरिएको हो । गाउँ फर्किएका अझै परीक्षण गर्न इच्छुक भएपनि किट अभाव रहेको जिल्ला अस्पतालका प्रमुख डा. सोनिङ लामा बताउँछन् । प्रदेश सरकारले ताप्लेजुङका लागि १ सय २० थान आरडिटी किट दिएको थियो ।