जिल्लाबाहिर अलपत्र परेकालाई उद्दार गरिँदै

जिल्लाबाहिर अलपत्र परेकालाई उद्दार गरिँदै

मुगु : सरकारले कोरोना भाइरस नियन्त्रण,रोकथाम र उपचारमा सहज होस् भनेर गरेको लकडाउनका कारण जिल्लाबाहिर अलपत्र परेका आफ्ना नगरबासीलाई उद्दार गर्न लागिएको छ । मुगु जिल्लाको चार स्थानीयतहमध्ये छायाँनाथ रारा नगरपालिकाले अध्ययन, नाकरी, औषधी उपचार तथा अन्य कामको शिलशिलामा लक डाउनका कारण घर फर्कन नपाएका नगरबासीलाई उद्घार गर्न लागेको हो ।

जिल्लाबाहिर सुर्खेत, नेपालगंग र काठमाडौंमा अध्यन, नोकरी, औषधी उपचार लगायत अन्य कामले गएका आफना नागरिक लकडाउनले गर्दा अलपत्र पर्न गइ खाना र बस्नसमेत समस्या पर्न थालेको खबर आउने गरेकाले संघीय सरकार र प्रदेश सरकारको समन्वयमा आफ्ना नगरबासीलाई गृह जिल्लासम्म  सडक यातायातमार्फत  उद्दार गर्न लागेको नगरप्रमुख हरिजंग शाहीले बताए ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट नगरपालिकालाई पास प्राप्त भैसकेकाले सम्भवत बुधबारसम्म नेपालगंज र सुर्खेतबाट अलपत्र परेका नगरबासीलाई उद्दार गरिसक्ने र काठमाडौँ, बेखर्ची र बेसहारा भएर अलपत्र परेकाहरुको लगत, सम्पर्क नम्बर संकलन गर्ने काम भैरहेको छ । एकिन संख्या आएपछि बसको व्यवस्था गरि उद्दार गरिने नगरपालिकाले जानकारी दिएको छ । काठमाडौँदेखि मुगुसम्म बस संचालन अनुमतिका लागि प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालयसँग समन्वय भइरहेको समेत छाँयानाथ नगरपालिकाले बताएको हो । 

यसरी उद्दार गरिने नगरबासीलाई कम्तिमा १४ दिन नगरपालिकाले निमार्ण गरेको क्वारेन्टाइन वा आफ्नै होम क्वारेन्टाइनमा बस्ने सर्तमा मात्र उद्घार गरिने पनि नगरपालिकाले बताएको छ ।

लकडाउन लम्बिएपछि बेखर्ची भएका मुगालीहरु काठमाडौँ, नेपालगंज र सुर्खेतबाट पैदल हिँडेर आएका छन् । घर पुग्न हिँडेकाहरु सुर्खेतको छिन्चु, बबई,  दैलेखको डुन्गेश्वर, राकम,  छेडागाड, साथै कालिकोटको नाग्म र मात्म अलपत्र अवस्थामा  रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.