ललितपुर अहिलेसम्म 'क्लीन' छ : स्वास्थ्य कार्यालय

ललितपुर अहिलेसम्म 'क्लीन' छ : स्वास्थ्य कार्यालय

ललितपुर : स्वास्थ कार्यालय ललितपुरले विदेशबाट आएका पाँच सयभन्दा धेरैको परीक्षण गरेको छ । ललितपुरका ६ वटै स्थानीय तहमा विदेशबाट आएकाहरुको स्वास्थ्य परीक्षण गरेको हो। स्वास्थ कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालका अनुसार ललितपुरमा हालसम्म कुनै समस्या देखिएको छैन । उनले भने' ललितपुर अहिलेसम्म क्लीन छ।' 

करीब दुई साता पहिला महालक्ष्मी नगरपालिकाले ७० जनाको स्वाब संकलन गरी परीक्षणका लागि जनस्वाथ्य प्रयोगशाला टेकु पठाएको थियो । रामेश्वर श्रेष्ठका अनुसार र्‍यापीड टेस्ट भन्दा स्वाब परीक्षण गराउनु उचित लागेको बताए । 'मैले पहल गरेर स्वाबको नमुना संकलन गरेको थिएँ' उनले भने 'स्थानीय तहहरुमा यस्तो काम गर्ने हामी पहिलो बन्यौ ।' मेडिकल पृष्ठभुमिबाट आएकाले मेयरले स्वास्थलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छन् । तर महालक्ष्मीमा मात्र अझै ६९ जनाको परीक्षण गर्न छुटेको स्वास्थ कार्यालयले जनाएको छ । 

स्वास्थ कार्यालयका तथ्यांक अधिकृत उपेन्द्र अर्यालका अनुसार ललितपुर महानगरपालिकामा बुधबार दोश्रो चरणको र्‍यापिड टेस्ट भएको छ।  पहिला २५६ जनाको परीक्षण भइसकेको र मंगलबार ८१ जना उपस्थित भएको जानकारी दिए । १४० जनाको परीक्षण गर्नुपर्ने महानहरले बताएको थियो' उनले भने 'कतिपयले राजधानी छोडेर बाहिर गएको देखिन्छ ।'  उनका अनुसार गोदावरी नगरपालिमा ५० जनाको परीक्षण सकिएको छ । अझै १७ जना छुटेको देखिएको छ । त्यस्तै बागमती गाउँपालिकामा सोमबार २१ जनाको परीक्षण सकिएको स्वास्थ कार्यालयले जनाएको छ । 

महान्काल गाउँपालिकामा १० र कोन्जोस्योममा १२ जनाको परीक्षण सकिसकेको छ । र्‍यापिड टेस्ट गर्दा हालसम्म कसैको पनि पोजेटिभ नदेखिएको अर्यालले बताए । स्वास्थ कार्यालयका प्रमुख गेलालका अनुसार परीक्षणमा नेगेटिभ देखिएपनि करिब १० प्रतिशतको स्वाब परीक्षण गर्न फेरि पठाइन्छ ।  शंका लागेकाहरुको नमुना पठाए पनि हालसम्म राम्रो रिपोर्ट आएको भन्दै उनले खुसी व्यक्त गरे।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.