हतियारसहित चारजना सिकारी पक्राउ

हतियारसहित चारजना सिकारी पक्राउ

दाङ : डिभिजन वन कार्यालय दाङको गस्ति टोलीले पश्चिम दाङबाट ४ जना सिकारीलाई हतियारसहित पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका ५ स्थित हात्तिखाल सामुदायिक वन क्षेत्रबाट ४ जना सिकारी, १ थान भरुवा बन्दुक र ४ वटा मोटरसाइकलसहित पक्राउ गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका ५ का मधु शाह, गंगाराम चौधरी, शुकराम चौधरी र रामबहादुर चौधरी रहेका छन्।

वन्यजन्तु सिकारी गर्नका लागि १५ जनाको टोली वन क्षेत्रमा प्रवेश गरेको सुकारी पाएपछि डिभिजन वन कार्यालय दाङबाट गएको टोलीले वनमा खोजी गर्दै जादा वन्यजन्तु मार्नका लागि तयारी अवस्थामा बसेका ४ जनालाई पक्राउ गरेको डिभिजनल अधिकृत ज्ञवालीले बताए । डिभिजन वन कार्यालयबाट २२ जनाको टोली गस्तिमा गएको थियो ।

सिकारीहरु समेत वन क्षेत्रमा भएको सूचना पाएपछि डिभिजन वन कार्यालयले प्रहरीको सहयोग मागेको थियो । प्रहरी निरिक्षकको नेतृत्वमा ८ जना प्रहरी र वनकर्मीहरुले वन क्षेत्रमा खोजतलास गरेका थिए । त्यसैगरी वन कार्यालय यस अघि पनि दाङका विभिन्न स्थानबाट काठ चोरी तस्करी गर्ने १० जनालाई पक्राउ गरेको छ, ४ वटा गाडि र ४ सय क्युफुट काठ नियन्त्रण लिएको वन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.