इलाममा ८८० बेडको क्वारेन्टाइन बनाइँदै

इलाममा ८८० बेडको क्वारेन्टाइन बनाइँदै

इलाम  : पछिल्लो समयमा बढ्दै गएको संक्रमितको संख्यालाई ध्यानमा राखेर इलामले ८८० बेडको क्वारेन्टाइन निर्माण सुरु गरेको छ । सामुदायिक अस्पताल, सरकारी भवन र विद्यालयलाई उपयोग गरेर जिल्लाका दश स्थानीय तहमा ८८० बेडको क्वारेन्टाइन निर्माण सुरु गरेको जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलले जानकारी दिए। 

इलामका ४ नगरपालिका र ६ गाउँपालिकामा अहिले ३२१ बेडको क्वारेन्टाइन स्थापना गरिएको छ । ती क्वारेन्टाइनमा जम्मा १५ जना मात्रै बसेका छन् । सम्भावित चापलाई ध्यान राखेर क्वारेन्टाइनका लागि पहल सुरु गरेको जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले जानकारी दिए ।

होम क्वारेन्टाइनमा रहेका हरुको निगरानी समेत कडा बनाएको समन्वय समिति प्रमुख बरालले बताए । उनले अहिले पनि भारतबाट आउने क्रम नरोकीएको बताए । नाकामा निगरानी बढाएपनि चोरबाटो प्रयोग गरेर आउने क्रम नरोकीएको उनको भनाई छ । इलामबाट भारत गएका एक सय भन्दा बढि भारतमै रहेको अनुमान छ । त्यसबाहेक दार्जिलिङ र सिक्किममा काम गर्न गएका विभिन्न जिल्लाका  नेपालीहरु समेत लकडाउन खुकुलो भएपछि इलामको नाका प्रयोग गर्ने भएकाले थप सर्तकता अपनाइएको बरालले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.