अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नरोकिने

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नरोकिने

काठमाडौं : राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम नरोकिएको बताइएको छ। लकडाउन बीचमा पनि सञ्चित सामग्री तथा मानव संशाधन प्रयोग गरी दुवै विमानस्थल निर्माणको कामलाई निरन्तरता दिइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। आवश्यक केही सामग्री भने लकडाउनका कारण उपलब्ध हुन सकेको छैन।

चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको भौतिक निर्माणको काम लगभग सकिएको छ। केही विद्युतीय उपकरण जस्तै कन्भे बेल्ट, धावन मार्ग तथा ट्याक्सी वे का लागि आवश्यक विद्युतीय उपकरण लकडाउनका कारण चीनमा रोकिएका छन्। यी सामान नेपाल ल्याउन अहिले गाह्रो भएको प्रवक्त क्षेत्रीले जानकारी दिए। बाह्य विज्ञ ल्याउन कठिनाइ, चिनियाँ कामदार फर्किन नसकेका, नदीजन्य सामग्री आयोजना स्थलसम्म पु¥याउन नसकिएको, हार्डवयरजन्य सामान उपलब्ध हुन नसक्नु र अन्य कामदार पनि घर फर्किनुले पनि आयोजना निर्माणमा समस्या देखिएको छ। लकडाउन नखुलेसम्म विमानस्थलको केही काम भने रोकिने नै भएको छ। लकडाउन खुल्ने समय निश्चित नहुँदा समयसिमामा विमानस्थल निर्माणको काम भने नसकिने भएको छ।

६ अर्ब २२ करोड रुपैयाँ लागतमा सन् २०१४ को नोभेम्बरबाट गौतमबुद्ध विमानस्थल निर्माणको काम सुरु गरिएको हो। हालसम्म ५ अर्ब रुपैयाँ भन्दा बढी रकम खर्च भइसकेको बताइएको छ। नेपाल सरकारको ३७.४ प्रतिशत र एसियाली विकास बैंकको ६२.६ प्रतिशत अनुदान तथा ऋण सहायतामा आयोजना निर्माणको काम सुरु गरिएको हो। चाइनिज कम्पनीलाई ठेक्का दिइएको ओयोजनामा नेपाली तथा चिनियाँ कामदार कार्यरत छन्।

यता, अर्को बहुप्रतिक्षित कास्कीस्थित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले निरन्तरता पाए पनि लकडाउनका कारण यो आयोजना पनि प्रभावित भएको छ। आर्थिक वर्ष २०७४÷०७५ बाट निर्माण सुरु गरी २०७८÷०७९ मा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण भइरहेको आयोजनाको हालसम्म ५७ प्रतिशत भौतिक निर्माणको काम भइरहेको छ। निर्माण लागत २२ सय करोड रुपैयाँ अनुमान गरिएकोमा हालसम्म ११ अर्ब रुपैयाँभन्दा बढी खर्चको भएको प्राधिकरणले जानकारी दिएको छ। नेपाल सरकार तथा एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइनाको संयुक्त लागानीमा निर्माणाधीन विमानस्थल अत्याधुनिक फोर डी डिजाइनमा निर्माण गरिँदैछ।

यस आयोजना निर्माणमा पनि कोरोनाका कारण भारतबाट सिमेन्ठ ल्याउने काम रोकिएको छ भने १६० भन्दा बढी नेपाली कामदार घर फर्किएकाले हेभी इक्युपमेन्ट चलाउनेलगायत काम ठप्प छ। चिनियाँ कामदारको अभाव, आवश्यक उपकरण पनि भन्सार नाकामै रोकिएका छन्। आयोजनामा आवश्यक इन्टेरियर डेकोरेसन सामग्री, स्यानिटरी फिटिङस्, एयरफिल्ड ग्राउन्ड लाइट्स, ट्रान्सफर्मरलगायत आवश्यक उपकरण नेपाल चीन भन्सार नाकामा नै रोकिएको प्रवक्ता क्षेत्रीले जानकारी दिए। तोकिएको समयभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्य सरकारको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.