घर आउन नपाइ अलपत्र परेकालाई बसेकै स्थानमा राहत

घर आउन नपाइ अलपत्र परेकालाई बसेकै स्थानमा राहत

मुगु : लक डाउनका कारण  घर आउन नपाइ अलपत्र परेका आफ्ना बासिन्दालाई छायाँनाथ रारा नगरपालिका सोरु र मुगुम कार्मारोङ गाउँपालिकाले बुधबारबाट उद्दार गर्न थालेका छ । खत्याड गाउँपालिकाले भने कोरोना सक्रमण फैलिने त्रासले उद्दारको सट्टा जिल्लाबाहिर रहेका आफ्ना बासिन्दालाई हाल बसेकै स्थानमा राहत पुर्‍याउने भएको छ ।

खत्याड गाउँपालिकाले बुधबार कोरोना भाइरसको सक्रमण फैलिने त्रासकाका कारण जिल्लाबाहिर रहेकालाई बसेकै स्थानमा राहत पुर्‍याउने निर्णय गरेको हो । 
  

काठमाडौँ, नेपालगंज र सुर्खेतमा के कति आफ्ना नागरिक अलपत्र छन् यकिन लगत संलन गरी कोरोना भाइरस सक्रमण रोकथाम तथा उपचार कोष संञ्चालन गर्ने भएको छ ।  त्यसको लागि ब्यवथापकीय परिचालन टिमका सदस्यहरुको संयुक्त दस्तखतमा माछापुच्छ्रे बैंकमा खाता संचालन गरिएको छ । काठमाडौँमा भक्त रावल, मनोज शाही,दिपक बानिया, नेपालगंजमा सुकबीर बुढा, कालिबहादुर रावल खगराज रोकाया, सुर्खेतमा रामबहादुर थापा, नबिन बिक र खेमबहादुर बुढालाई राहत तथा उद्दारको लागि खटाउने निर्णय भएको खत्याड गाउँपालिकाका अध्यक्ष उब्जनबहादुर शाहीले जानकारी दिएका छन् ।
 
अध्यन, रोजगारी, औषधोपचार, तथा अन्य कामका लागि ५ सयभन्दा बढी नागरिक गाउँपालिका बाहिर भएको जानकारी गराएका छन्। अलपत्रको संख्या संकलन गर्न गाउँपालिकाले खटाएको उद्दार टोलीलाई बुधबारदेखि नै लगत संकलन गर्न निर्देशन दिइसकेको छ । लगत संकलन भएपछि  हाल बसेकै स्थानमा पुगेर राहत वितरण गरिने गाउँपालिकाले निर्णय गरेको अध्यक्ष शाहीले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.