वडाध्यक्ष पक्राउ

वडाध्यक्ष पक्राउ

तेह्रथु : एक युवालाई कुटपिट गर्ने छथर गाउपालिका-६ सुदापका वडाध्यक्ष टेकराज लिम्बु बिहीबार पक्राउ परेका छन्। स्थानीय ३३ वर्षीय राजकुमार लिम्बुलाई कुटेको जाहेरीको आधारमा वडाध्यक्ष लिम्बु पक्राउ परेका हुन्। 

प्रहरीले उनीसँगै कुटपिटमा संलग्न सन्तकुविर लिम्बु र उनकी श्रीमती ममता लिम्बुलाई पनि नियन्त्रणमा लिएको छ। वडाध्यक्षसहित तीन जनाले राजकुमारलाई चैत २० गते साँझ कुटपिट गरेका थिए। 

आर्थिक रुपमा विपन्न रहेका राजकुमारले आफू कुटिएको ३ दिन पछि प्रहरीमा उजुरी दिएका थिए। तर लकडाउन तोडेकाले आफूले भाटेकार्वाही गरेको वडाध्यक्षले बताएपछि उनीविरुद्ध प्रहरीले कुनै कार्वाहीको प्रकृया अगाडि नबढाएको पीडितका बुवा टिकाप्रसाद लिम्बुले बताए।

 
कुटपिट गरेको २१ दिन पछि पक्राउ परेका वडाध्यक्ष लिम्बुलाई सरकारी वकिल कार्यलयमार्फत म्याद थप गराई हिरासदमा रािखएको इलाका प्रहरी कार्यलय बसन्तपुरका प्रहरी निरीक्षक आसाराम चौधरीले बताए। 

वडाध्यक्षको कुटाईबाट घाइते भएका लिम्बुको सुनसरीको धरानस्थित विजयपुर अस्पतालमा उपचार भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.