दिनभर आँखा टोलाए
देवघाट : चाउरी परेका गाला, डाँडामाथिको घाम जस्तै बनेका ती आमाहरूको अनुहार मलिनो थियो। कोही भेट्न आउँछ कि भनेर बाहिर बसिरहेका थिए। उनीहरूका आँखा जतिखेर पनि बाटोतीर टोलाइरहे। दिनभर उनीहरूको आशा मरेन। घरबारविहीन भएर वृद्धा श्रमका बसेका आमाहरूको अनुहारमा कत्ति पनि चमक थिएन।
मातातिर्थ औंशीका दिन बिहीबार उनीहरूको लागि सारै खल्लो बन्यो। आफ्नै सन्तान नभए पनि आ श्रममा आउने सहयोगीलाई सन्तान ठान्ने गर्थे। उनीहरूसँगै रमाउँथे। यसपटक त्यस्तो केही भएन। कोही नआउँदा नरमाइलो मान्दै थिए। ८७ वर्षीय महादेवी छत्कुलीलाई माता तिर्थ औंशी आए जस्तो लागेन। उनका लागि खाना भन्दा पनि भेटघाट ठूलो थियो। ‘मुख हेर्ने दिन आको जस्तो लागेको पनि लागेको छैन, पहिला कत्ति मान्छे आउँथे अहिले एउटा पनि छैन’, महादेवीले भनिन्, ‘ खानभन्दा पनि कोही नआउँदा मन आत्तिएको छ, बाटो हेदैमा ठिक्क भयो आज।’
अघिल्ला वर्षहरूमा नाचगान गर्ने, भजन कथा सुनाएर रमाइलो गराउँथे। त्यसैमा रमाएर वृद्धाहरू आफ्नो पीडा भुलाउँथे। वृद्धा श्रमको माहोल सुनसान भएपछि निराश पनि भए। कोरोना संक्रमणको जोखिमले लकडाउन भएको बुझेका छन्। तर, मन बुझाउन सकेनन्। वृद्धा श्रममा पुग्नै सबै उनीहरूका लागि सन्तान हुन्। २२ वर्षदेखि बस्दै आएकी ८७ वर्षीय नर्वदा ढकाललाई यसपटकको जस्तो खिन्न कहिल्यै भएन।
‘पहिला कति आउँथे आज सुनसान छ,’ ढकालले भनिन्, ‘दाताहरू आएर अबेरसम्म बसेर रमाइलो गर्थे, अहिलेको जस्तो नरमाइलो कहिल्यै भएको थिएन।’ कोही सन्तान नभएर त कोही भएर पनि दुःख पाएकाहरू छन्। आफन्त भएका केहीलाई भने उनीहरूको चिन्ता थियो। कोरोना स्ांक्रमणको डर पनि थियो। ‘कुशे औंशी र माता तिर्थ औंशीमा बढी आउने गर्छन्। ‘आफ्ना सन्तान नभए पनि यहाँ आउनेहरूसँग आमाहरू रमाउनुहुन्छ,’ आ श्रमकी व्यवस्थापक देवु अधिकारीले भनिन्, ‘कोही नआउँदा न्यास्रो लागेको हो।’ देवघाट समाज कल्याण वृद्धाआ श्रममा ३६ जना छन। ती मध्ये २० जना महिलाहरू छन्।