सीमामा चौबिस घण्टा पहरा

सीमामा चौबिस घण्टा पहरा

बैतडी  : महाकाली नदीमा ट्युबमार्फत नेपालीहरु स्वदेश फर्कन क्रम नरोकिएपछि बैतडीका विभिन्न घाटमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका सशस्त्र प्रहरी खटाइएका हुन् । तर सीमामा रहेका सशस्त्र प्रहरीहरुले विभिन्न समस्या झेल्दै आएका छन् । 

जिल्लाका ६ ठाउँमा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताए । उनले भने, 'हामीले सीमामा सशस्त्र प्रहरी खटाएको २० दिन भन्दा बढी भइसकेको छ । त्रिपालको भरमा सीमामा सुरक्षा दिइरहेका छौं ।'

महाकाली नदी किनारैकिनार सीमा भएकाले नदी किनारमै खटिनुपर्ने बाध्यता सशस्त्र प्रहरीलाई छ । सीमामा बिओपी नहुँदा अस्थायी क्याम्प बनाएर प्रहरी परिचालन गर्नुपरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए । उनले भने, 'सीमामा सशस्त्र प्रहरी खटाएपछि ट्युबबाट अवैध आवागमन रोकिए पनि प्रहरीलाई भने बस्न, खानकै समस्या छ । नदी किनारमा बालुवामै टेन्ट राखेर बस्नुपर्ने बाध्यता छ ।'

शिवनाथ गाउँपालिकाको कुस्मौद घाट, पञ्चेश्वर गाउँपालिकाको रोलघाट, पञ्चेश्वरकै विनायक घाट र पञ्चेश्वरको रोडीदेवलमा सशस्त्र प्रहरी खटिएका छन् । यस्तै दशरथचन्द नगरपालिकाको बारकोट र सेरामा पनि सशस्त्र प्रहरी खटिएको जनाइएको छ ।
गर्मीको समय बढ्दै जाँदा सीमामा खटिएका सशस्त्र प्रहरीलाई नदी किनारमा ड्युटी गर्न निकै मुस्कील भएको छ । जिल्लामा दुई ठाउँमा बिओपी स्थापना गर्ने भनिएपनि अहिलेसम्म बिओपी स्थापना हुन सकेको छैन् । पञ्चेश्वर र झुलाघाटमा बिओपी स्थापनाको तयारी छ । तर पनि भौतिक पूर्वाधारलगायतका कारण बिओपी स्थापना हुन नसकेको सशस्त्र प्रहरी नायव उपरीक्षक सिंहले बताए । 

सीमा क्षेत्रमा अहिले ८० जना सशस्त्र प्रहरी खटिएका छन् । उनीहरुले चौबिसै घण्टा सीमामा पहरा दिइरहेका छन् । अवैध नाकाबाट ट्युबबाट महाकाली तरेर भारतबाट नेपालीहरु फर्कन थालेपछि सीमामा कडाइ गरिएको हो । 

सीमामा खटिएका प्रहरीलाई स्थानीय तहहरुले केही सहयोग गरेको भएपनि पार्याप्त भने हुन सकेको छैन् । 'हामीले स्थानीय सरकारबाट आर्थिक सहयोग लिन मिल्दैन् । खटिएका ठाउँमा भवन भए स्थानीय सरकारले बसोबासको केही प्रबन्ध मिलाएको छ,' सशस्त्र प्रहरी नायव उपरीक्षक सिंहले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.