राहतको विषयमा झडप : असईको टाउकोमा चोट

राहतको विषयमा झडप : असईको टाउकोमा चोट

परासी : रामग्राम नगरपालिका-१७ देवगाँवमा भएको राहत वितरणमा विवाद हुँदा प्रहरी सहायक निरीक्षक (असई)को टाउकोमा चोट लागेको छ। प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नगरपालिकाले बुधबारदेखि वडा कार्यालय मार्फत विपन्नहरुलाई राहत वितरण सुरु गरेको छ।

शुक्रबार उक्त वडामा राहत वितरण भई रहँदा स्थानीयको एक समूहले गाउँभरीलाई राहत नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए। तालाबन्दी खोल्न पुगेको प्रहरीसँग ८/१० जनाको समूहमा रहेका स्थानीयले आक्रमण गरेर गोबरैया प्रहरी चौकीमा कार्यरत असई चामबहादुर ओलीको टाउको फुटालिदिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक लालमणि आचार्यले बताए। अवस्था गम्भीर नभए पनि टाउकोमा गहिरो चोट लागेको उनले जानकारी दिए। 'गाउँमा १०/१५ कट्ठा जग्गा हुनेले पनि राहत चाहियो भन्दै आए। केहीले राहत सबै गाउँलेलाई दिनुपर्छ भन्दै विवाद निकालेर कार्यालयमा तालाबन्दी गरे। त्यसपछि आएको प्रहरीलाई आक्रमण गर्दै क्रिकेटको ब्याट प्रहार गरेर असईको टाउको फुटाले' वडाअध्यक्ष जीत बहादुर गोसाईले भने। राहत हुने खानेलाई नभएको र वडामा कोही पनि विपन्न नछुटेको उनले बताए।

प्रहरीमाथि आक्रमण गर्ने एक महिलासहित चार जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। वडामा दुई सय विपन्नलाई प्रतिघरधुरी २५ केजी चामलसहितको खाद्यान्न सामाग्री राहतमा वितरण गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.