भारतीय क्वारेन्टाइनमा बसेको २४ दिनपछि नेपाल प्रवेश

भारतीय क्वारेन्टाइनमा बसेको २४ दिनपछि नेपाल प्रवेश

भैरहवा : भारतीय सीमा नाकाको क्वारेन्टाइनमा बसेका नेपालीलाई स्वदेश ल्याउन थालिएको छ। रुपन्देहीको बेलहिया नाकामा पुगेर अलपत्र परेका सयौँ नेपालीलाई सीमावर्ती भारतीय सहर नौतनवा क्वारेन्टाइनमा व्यवस्थापन गरिएको थियो। 

उक्त नाकाको क्वारेन्टाइनमा २४ दिन बसेका नेपालीलाई शुक्रबार स्वदेश ल्याइएको छ। भारतको तीन वटा क्वारेन्टाइनमा तीन सय ३५ नेपाली थिए। जसमध्ये शुक्रबार साँझ एक सय दुई नेपालीलाई नेपाल ल्याइएको हो। 

उनीहरुलाई नाकामा कोरोना संक्रमणको आरडीटी परीक्षण गरेर मात्र मुलुक प्रवेश गराइरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले जानकारी दिए। 

नाकामा स्वास्थ्य परीक्षण गर्दा नेगेटिभ रिपोर्ट देखिएकालाई सम्बन्धित स्थानीय तहमा पठाउने र पोजिटिभ देखिएमा भिम अस्पतालको आइसोलेसन वार्डमा राखेर पीसीआर प्रविधि मार्फत स्वास्थ्य परीक्षण गरेर मात्र थप प्रक्रिया अगाडि बढाइने शाहले बताए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भारतको नौतनवा क्वारेन्टाइनमा राखिएका नेपालीलाई तीन चरणमा स्वदेश ल्याइने बताए। क्वारेन्टाइनमा रहेका सबैलाई एकै दिन ल्याएर परिक्षण गर्न कठिन हुने भएपछि उनीहरुलाई तीन चरणमा ल्याउन थालिएको हो। 

भारतीय क्वारेन्टाइनमा राखिएका नेपालीलाई स्वदेश ल्याउनका लागि स्थानीय स्तरमै निर्णय गर्न सरकारको निर्देशन आएपछि सोही अनुसार निर्णय गरेर नेपालीलाई स्वदेश ल्याउन थालिएको उनले बताए। 

परीक्षणमा नेगेटिभ रिपोर्ट देखिएका नागरिकलाई सम्बन्धित स्थानीय तहसगँ समन्वय गरी घर पठाउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए।

लामो समया क्वारेन्टाइनमा बसेर मातृभूमी टेकेका नेपाली खुसी भएका छन्। ‘माहामारीको डरले आफ्नै देशमा आउन नपाएर दशगजाबाट फर्किदा हामीहरु रुदै क्वारेन्टाइनमा फर्किएका थियौँ’, गुल्मी धुर्कोट गाउँपालिकाका अनिल खत्रीले भने, ‘तर, अहिले आफ्नो देशमा पाइला टेक्दा साह्रै खुसी लागेको छ। आफ्नै घर पुगे जस्तै भएको छ।’

भारतको क्वारेन्टाइनमा रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, चितवन, तनहुँ, बारा, स्याङजा, जाजरकोट, बाँके, मोरङलगायत १८ जिल्लाका सर्वसाधरण छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.