चिउराको छाक, टहरामा बास

चिउराको छाक, टहरामा बास

इलाम : देउमाई ६ शान्तिडाँडाका चित्र थापा फोन उठाउना साथ भक्कानिए । श्रम गरेर छोराछोरीको पेट भर्ने सपना बोकेर मजदुरीका लागि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका क्युरेनी पुगेका उनले ज्याला नपाएको एक महिना भयो । उनले भने, ‘घर भित्र बस्न कसैले दिँदैन, टहरामा बसेका छौं, आधापेट चिउरा खाएर दिन काटेका छौं ।’

अरू जिल्लाले आफ्नै पहलमा जिल्ला बाहिरका नागरिकलाई घर फर्काइरहेको अवस्थामा इलामको स्थानीय प्रशासन र जनप्रतिनिधिको बैठकले जिल्ला बाहिरका नागरिकलाई उतै रोक्ने निर्णय गरेपछि थापा जस्तै इलामका हजार भन्दा बढी श्रमिक र विद्यार्थी संकटमा परेको हुन् ।

थापासँगै सिन्धुपाल्चोकमा घर निर्माणको कामका लागि गएका इलामका ६ जना अहिले स्थानीयको घरमा घाँस काट्दै, दाउरा बोक्दै जे दिन्छन् त्यहि खाएर भोक मेटाइ रहेका छन् ।

१६ वर्ष देखि ६० वर्ष सम्मका श्रमिक घरघर डुलेर काम खोज्दै भोक मेटाइ रहेको सिन्धुपाल्चोक हेलम्बु गाउँ पालिकाको ककने पुगेका देउमाई ६ का मिलन सुब्बाले बताए । उनले सुनाए, ‘पेटभर खान नपाएको एक साता भयो, टहरामा बसेर दिन काटरिहेको छु ।’

अरू जिल्लाले आफ्ना नागरिक फिर्ता लगे पनि इलामले आफ्नो वेवास्था गरेको उनको गुनासो छ । उनीसँगै रहेका ६० वर्षका नरबहादुर सुब्बा, ओम श्रेष्ठलगायतका व्यक्तिको गुनासो पनि उस्तै छ । सुब्बाले भने, ‘मरे पनि परिवारसँगै मर्न सरकारले सहयोग गरोस् ।’

श्रमिकमात्रै हैन काठमाडांैमा रहेका विद्यार्थीहरूको अवस्था पनि नाजुक बन्दै गएको इलामबाट काठमाडांै गएर शंकरदेव क्याम्पसमा स्नातकोत्तर तहमा अध्यानरत रवीन दहालले बताए । उनले सुनाए, ‘पसलमा चामल पाँइदैन, पानीको अभाव छ ।’ लकडाउन लम्बियो भने भोकमरी लाग्छ उनले भने, ‘स्थानीय सरकारले विवरण भरेर लगे पनि राहतका लागि कुनै पहल भएको छैन ।’

२२ कोठे घरमा बसेका उनले भने, ‘अरु जिल्लाका सबै घर फर्के इलामका दुई जनामात्रै फर्कन पाएनौं ।’

मैतीदेवीको साइन ब्याइज होस्टलमा बस्ने इलाम माइजोगमाई ३ नयाँबजारका हिमाल श्रेष्ठ होस्टलमा इलामका दुईजना बाहेक सबै घर फर्किएको बताउँछन् ।

उनले भने, ‘स्टोरमा चामल सकिन लाग्यो, दुईजना मात्रै छौं, डिप्रेसन हुनलाग्यो ।’

घर पुगेर परिवारको अनुहार हेर्नपाए ‘फ्रेस हुने’ उनको चाहाना पनि जनप्रतिनिधि र प्रशासनको निर्णयले भत्काइदिएको छ ।

स्थानीय प्रशासनले अनुमति दिए जिल्ला बाहिर रोकिएका सबै नागरिकलाई घर घर ल्याउने घोषणा गरेका इलामका समाजसेवी डम्बर खड्काले जिल्ला प्रशासनसँग अनुमतिका लागि पहल भै रहेको बताए ।

सम्पर्कमा आउन सार्वजनिक आह्वान गरेपछि ४ सय भन्दा माथि विद्यार्थी र विभिन्न जिल्लाका मजदुर सम्पर्कमा आएको खड्काले बताए ।

जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले जिल्ला फर्काएर व्यवस्थापन गर्न नसकिने भएकाले बाहिर भएकालाई घर नर्फकाउने निर्णय भएको सुनाए ।

इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले लकडाउनलाई थप कडा बनाउँदै कसैलाई पनि जिल्ला भित्र प्रवेश गर्न प्रतिबन्ध लगाएको जानकारी दिए ।

जिल्ला समन्वय समिति, स्थानीय प्रशासन र स्थानीय तहका प्रमुखहरूको शुक्रबारको बैठकले इलामबाहिर रहेका नागरिकलाई जहाँ छन् त्यहिँ बस्न आग्रह गरेको छ । यसअघि केही स्थानीय तहले जिल्ला बाहिर रहेकालाई ‘उद्धार गर्ने’ भन्दै तथ्यांक संकलन गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.