पोखरा र काठमाडौंमा अलपत्र परेका मुस्ताङी गाउँ फर्किंदै

पोखरा र काठमाडौंमा अलपत्र परेका मुस्ताङी गाउँ फर्किंदै

जोमसोम : कोरोना भाइरस (कोभिड–१९) कारण लामो समयदेखि पोखरा र काठमाडौं लगायतका स्थानमा अलपत्र परेका मुस्ताङीलाई स्थानीय तहहरूले धमाधम जिल्ला फर्काउन थालेका छन्। अलपत्र परेकाहरूलाई रातारात बसमा चढाएर ३ जिल्ला कटाउँदै गाउँ पूर्‍याउन थालिएको हो ।

जिल्लाका संघ तथा प्रदेश सांसद ,स्थानीय तह, प्रशासन र सुरक्षा निकायको समन्वयमा मुस्ताङीलाई शनिबारदेखि गाउँ लैजान थालिएको हो । म्याग्दी र मुस्ताङको सीमानामा रहेको घासा प्रहरी चेक पोष्टले शनिबारदेखि मुस्ताङीहरू जिल्ला फर्किन थालेको जनाएको छ । घासा प्रहरी चेक पोष्टका इञ्चार्ज नीमप्रसाद तिमिल्सिनाले आइतबार बिहानसम्म १२ वटा बस र ३ वटा जीप गरी १५ वटा सवारी इन्ट्री भएको बताए । उक्त बसहरूमा ४ सय ४१ जना मुस्ताङी छन् । जिल्ला भित्रिएका सबैलाई रातको छेको पारी बसले गाउँ पुर्‍याएको हो ।

विश्वकै महामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरसको उच्चजोखिमको उचित सावधानी अपनाउँदै मुस्ताङीलाई रातारात कतै नझारी सिधै गाउँ पुर्‍याउन थालिएको जनाइएको छ । ‘अन द रुढ, नो स्टप, गो टु होम ’ को नीति अनुरुप जिल्लाका स्थानीय तहले गाउँबासीलाई घर पुर्‍याउन थालेका हुन् ।

काठमाडौंमा अलपत्र १ सय ४० जना मुस्ताङी यात्रुलाई शनिबार मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले ४ वटा बसमा गाउँ पठाएको जिल्ला युवा समिति मुस्ताङका अध्यक्ष सम्राट गौचनले जानकारी दिए । हिउँदयामको जाडो छल्न अध्ययन , बैकल्पिक घुम्ती व्यापार र रोजगारीमा बेशी झरेकाहरूको उद्दार कार्य भइरहेको गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए । उनका अनुसार अलपत्र परेका मुस्ताङीको संख्या एक हजारभन्दा बढी छ । लोमान्थाङ गाउँपालिकाबाट जिल्लाबासीलाई  गाउँ फर्काउने काम भइरहेको बिष्टले बताए । अहिलेसम्म पोखराबाट ८ वटा बसमा ३ सय १ जना गाउँ पठाइएको जानकारी दिए । ५ वटै स्थानीय तहका अलपत्र मुस्ताङीलाई गाउँ पठाउन अझै केही दिन लाग्नसक्ने उनले बताए ।

सरकारी क्वारेन्टाइन खाली  

पोखरामा अलपत्र परेका लोमान्थाङ–५ का  ८४ जना स्थानीयलाई पालिकाले खडा गरेको क्वारेन्टाइनमा नराखी सिधै शनिबार घरघरमा पठाइएको छ । उनीहरूलाई म्याग्दी र मुस्ताङको सीमानामा स्वास्थ्य परीक्षण नगराइ गाउँमा सामान्य स्वास्थ्य परीक्षण गराइएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमण नदेखिएको र लामो समयदेखि अलपत्र परेको स्थानमा सुरक्षित होम क्वारेन्टाइनमा बसेको उल्लेख गर्दै स्थानीय तहले क्वारेन्टाइनमा नराखी पठाएको हो । जिल्ला भित्रिनेको संख्या अत्यधिक भएको र क्वारेन्टाइनको क्षमता कम भएकाले जिल्ला फर्किनेलाई होम क्वारेन्टाइनमा बस्न लगाइएको हो ।

स्थानीय तह, प्रशासन र सुरक्षा निकायबीच जिल्ला फर्किनेलाई गाउँ गाउँ बन्दाबन्दी गराएर होम क्वारेन्टाइनमा राख्ने सहमति भएको हो । होम क्वारेन्टाइनमा बस्नेलाई सरकारी मापदण्ड मिचेर स्थानीय तहहरूले ७ दिन मात्र घरभित्रै बस्न आग्रह गरेको छ । होम क्वारेन्टाइनमा राख्ने भएपछि मुस्ताङका १६ ठाउँका सरकारी क्वारेन्टाइन रित्तै हुने भएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.