किसान भन्छन् : दाना अभावमा कुखुरा फाल्ने अवस्था आयो

किसान भन्छन् : दाना अभावमा कुखुरा फाल्ने अवस्था आयो

इलाम/ताप्लेजुङ : लगानी पनि गर्ने, कुखुरा पनि खरीद गर्ने सर्तमा कुखुरा फर्म खोल्न कृषकलाई उक्साएका डिलरहरुले दाना पनि नदिने, बढेको कुखुरा पनि खरिद नगरेपछि इलामका कुखुरा पालक कृषकको लगानी डुब्न थालेको छ । लघुवित्त सस्थाबाट दुई लाख कर्जा लिएर २५० कुखुरा पाल्न सुरु गरेको इलाम नगरपालिका ९ गोलखर्कका सञ्जीव विष्टको लगानी यतिबेला संकटमा परेको छ । 

भनेजति दानापनी पोल्टीफार्मले उपलब्ध नगराएपछि उनी मकैको मल्खु ख्वाएर कुखुराको प्राण धानीरहेका छन् । उनले भने, ‘बिक्री गर्ने समयमा कुखुरा कसैले लाँदैनन् ।’अरु जिल्लामा धमाधम कुखुरा गाड्न थालेपछि कर्जा लिएर व्यवसाय थालेका किसानहरु अप्ठ्यारोमा परेको इलाम नगरपालिका ९ का दिपेश अधिकारी बताए । उनले भने, ‘गाउँका सबै फार्ममा कुखुरा बढेका छन् तर दाना छैन ।’

विष्टमात्रै हैन ३ सय कुखुरा पालेका स्थानीय विनोदकुमार पोख्रेलले सुनाए, ‘कुखुरा ३ किलो भन्दा माथिका भए , दिनमा ५० किलो दाना दिने समयमा हप्ताको एक सय किलो दिएर प्राण धान्नु परेको छ ।’

कुखुरा र दाना उपलव्ध गराउने डिलरलाई सुरुमै रकम धलौटी राखेर व्यवसाय थालेको स्थानीय रमेश बानीयाँले भने, ‘डिलरले दानानै दिँदैन, नगदमा मात्रै दिने भनेर फर्काउँछ ।’ सुरुमा चाहिए जति दाना दिने, कुखुरा पनि आफैँ लाने सर्तमा व्यवसाय थालेको त्यहाँका किसानहरु डिलर सञ्चालकहरुले बोली फेरेपछि अप्ठ्यारोमा परेका स्थानीय अगुवा दिपेश अधिकारीले बताए । एउटै गाउँमा अहिले एक हजार ५ सय कुखुरा अलपत्र परेको उनले जानकारी दिए । 

इलामका सबै स्थानीय तहका बजार नजिकका क्षेत्रमा वोइलर कुखुरा पालन गर्ने कृषकको सघन उपस्थिति रहेको पशु सेवा विज्ञ केन्द्र इलामले जनाएको छ । कुखुरा नबिक्दा जिल्ला भरिकै कुखुरा पालक कृषकहरु संकटमा परेको कुखुरा व्यवसायी ताराकुमार निरौलाले बताए । उनले भने, ‘चारो खुवाउने अवस्था छैन, जिउँदै पुर्न पनि मनले मान्दैन ।’

इलाममा मात्र हैन ताप्लेजुङका कुखुरा पालकको समसया पनि उस्तै छ ।  ताप्लेजुङमा १ सय २२ जना कृषक बोइलर कुखुरा पालनमा आबद्ध छन् । त्यसमध्ये ६५ जनाले व्यवसायिक रुपमा गरेका छन् । ती कृषकले उत्पादन गरेका १ सय २० क्विन्टल कुखुरा बिक्री गर्न ढिलो भइसकेको कुखुरा व्यावसायी संघका अध्यक्ष नरेन्द्र मादेनले बताए । 

उक्त कुखुराले दिनमा ५० हजार बढीको दाना खान्छन् । दैनिक साढे ३ सय किलो कुखुराको मासु खपत हुने जिल्लामा लकडाउन यता बिक्री शुन्यमा झरेको मादेनको भनाइ छ । बिक्री ठप्प भएपछि आफूहरु टाट पल्टने अवस्थामा पुगेको कृषक इन्द्र सुनुवार सुनाउँछन् । 
‘खोरमा लगाएको ४५ देखि ६० दिनभित्रमा कुखुरा बेचिसक्नुपर्छ,’ सुनुवारले भने, ‘९० दिनभन्दा बढीका भइसके, चारो खुवाउँदै बस्नुपरेको छ, अहिले चारो पनि सकियो, ढुवानी गर्न सक्ने अवस्था छैन ।’ 

समयमा बिक्रि नभएपछि चारो धेरै खाने तर नबढ्ने कृषकहरु बताउँछन् । बजारमा कुखुरा खरिद गर्ने ग्राहक नै नभएको अर्का कृषक लक्ष्मी मादेनको दुखेसो छ । दाना अभावमा कुखुरा फाल्ने अवस्थामा पुगेको कृषकहरु बताउँछन् ।‘हामी ऋण खोजेरै भए पनि गाउँमा केहि गर्नुपर्छ भनेर लागेका कृषक हौं,’ फुङलिङका कृषक सुनुवारले भने, ‘बजार नपाउँदा परीश्रम खेर जाने भयो, हाम्रा लागि पनि केहि सोचिदिनुपर्‍यो ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.