स्कुटरको कभरभरि लागूऔषध

स्कुटरको कभरभरि लागूऔषध

परासी : ब्राउन सुगरसहित स्कुटरको कभरभित्र लुकाएर अन्य लागूऔषध नेपाल भित्राउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सोमबार लागूऔषध ल्याउने व्यक्तिले श्रीमती र ३ वर्षे छोरालाई पनि साथै ल्याएका थिए। सशस्त्र प्रहरी बल नेपाल बिओपी भूजहवाबाट खटिएको गस्ती टोलीले सरावल गाउँपालिकाको भूजहवा नाकाबाट उक्त लागूऔषध बरामद गरेको हो।

पक्राउ पर्नेमा पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका-३ कुस्माका ३४ वर्षीया शेषकान्त उपाध्यायलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीका उपरीक्षक भरत खनियाले जानकारी दिए। बरामद सामाग्री स्कुटरको अगाडी पट्टी रहेको कभर (भाइजर) भित्र र बस्ने सिटका दुवै पट्टीका कभर ( ब्याक लाईट) भित्र लुकाएर राखिएको थियो। लकडाउनको समयमा सुरक्षाकर्मीको चेकजाँच बढी हुने भएकाले लागूऔषध नेपाल ल्याउन उनले भारतबाट श्रीमती र नाबालक छोरालाई पनि साथै ल्याएको हुन सक्ने प्रहरीको आशंका छ। भारतमा उनको ससुराली रहेको प्रहरीले जनाएको छ।

'दसगजा नजिकबाट मोटरसाइकल डोर्‍याएर आउँदै गरेको देखियो। प्रहरीलाई देखेपछि उनले मोटरसाइकल झाडीमा लुकाउन लग्दै थिए। त्यही अवस्थामा उनलाई पक्राउ गरिएको हो' खनियाँले भने 'दसगजा पार गरिसकेपछि मात्र श्रीमती र छोराहरु पछिपछि हिँड्दै आएका थिए।' परिवारसँग जाँदा चेकजाँच कम हुने सोच बनाएर उनले लागूऔषध ल्याएको हुन सक्ने प्रहरीले जनाएको छ।

बरामद भएको लागूऔषध र व्यक्तिहरुलाई सशस्त्र प्रहरीले कारबाहीका लागि बुझाएकाले उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए। बरामद ७.१५ ग्राम ब्राउन सुगर रहेको छ। त्यस्तै विभिन्न नामका ८ सय १४ पिस लागूऔषध छन्। इन्जेक्सन २ सय पिस र विभिन्न नामका सिरफ लागूऔषध ७७ पिस रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.