दुम्सीलाई हानेको गोली मान्छेलाई लागेपछि...

दुम्सीलाई हानेको गोली मान्छेलाई लागेपछि...

नवलपुर : पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका-४ चुलिबोझा गाउँका एक स्थानीय गोली लागेर घाइते भएका छन्। घाइते हुनेमा ४६ वर्षीया नरबहादुर मगर छन्। जंगलमा शिकारका क्रममा उनलाई गोली लागेको हो।

केही स्थानीयले बाँदर लखेट्न जाने क्रममा आफैले बोकेको भरुवा बन्दुक पड्केर घाइते भएको बताइएका छन्। तर  केही स्थानीयले भने अर्कै व्यक्तिले दुम्सीलाई ताकेर हान्ने क्रममा उनलाई गोली लागेको बताएका छन्।  उनको ढाडमामा गोली लागेको छ। जिल्ला प्रहरी कार्यालयका उपरीक्षक दीपक रेग्मीले घटना शंकास्पद रहेको बताए। 'बाबु र छोरा शिकार खेल्न गएको भन्ने खबर आएको छ।' घटनाको प्रकृति हेर्दा शंकास्पद देखिन्छ। अनुसन्धानपछि थाहा हुन्छ' उनले भने। उनको चितवनस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ। अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। पड्किएको बन्दुकको लाइसेन्ससमेत नरहेको प्रहरीले जनाएको छ। पहाडी क्षेत्रमा सिकार गर्नका लागि अधिकांश स्थानीयले बन्दुक राख्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.