बैतडीमा किशोरी मृत्यु प्रकरण : दुईजना पक्राउ

बैतडीमा किशोरी मृत्यु प्रकरण : दुईजना पक्राउ

बैतडी : बैतडीको शिवनाथ गाउँपालिका ४ महरगाउँकी १९ वर्षीय किशोरी गीता महर मृत अवस्थामा फेला परेपछि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । गीताका आफन्तले दिएको उजुरीको आधारमा शिवनाथ गाउँपालिका २ का २२ वर्षीय अमरसिंह साउँद र १९ वर्षीय सरस्वती साउँदलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए । 

गीताको शव सोमबार शिवनाथ गाउँपालिका २ पोखरकोटको दोगडाखोलाको किनारमा नग्न अवस्थामा भेटिएको थियो । पक्राउ परेका अमरसिंह साउँद महरका प्रेमी रहेको र सरस्वती अमरकी बहिनी रहेको प्रहरीले जनाएको छ । महरलाई उनका प्रेमी र बहिनीले बैशाख १३ गते साँझ विवाह गर्छु भनेर भगाएर लगेको मृतकका परिवारले आरोप लगाएका छन् । 

गीताका आफन्तले कीटानी जाहेरी दिएपछि दुवैजनालाई नियन्त्रणमा लिएको हो।घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । 

पक्राउ परेका साउँदले गीतालाई आफूहरुले भगाएको र एक्‍कासी खोलामा पुग्दा बाढीले बगाएका बयान दिएका छन् ।  घटनाको अनुसनधानका लागि प्रहरी निरीक्षक गौरीप्रसाद जैशीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए । मृत फेला परेकी गीताको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाएको छ । पोष्टमार्टमको रिपोट भने आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.