कोरोना आशंकामा मुस्ताङकी एक महिलाको स्वाब नमूना पोखरा पठाइयो

कोरोना आशंकामा मुस्ताङकी एक महिलाको स्वाब नमूना पोखरा पठाइयो

जोमसोम : हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका अन्र्तगत घरमै होम क्वारेन्टाइनमा बस्दै आएकी एक महिलाको सम्भावित कोरोना परीक्षण गर्न नमूना स्वाब बुधबार परीक्षणका लागि पोखरा पठाइएको छ ।

सम्भावित कोरोना आशंका गरिएकी ती महिलाको पीसीआर परीक्षण गर्न नमूना थ्रोड स्वाब संकलन गरी प्रादेशिक जनस्वाथ्य प्रयोगशाला पोखरातर्फ पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डन डा. शिव भण्डारीले जानकारी दिए । महिलाको स्वाब जोमसोमबाट जीपमार्फत पोखरा पठाइएको मेसु भण्डारीले बताए ।

ती महिला काठमाडौंबाट पोखराहुँदै बसमा चढेर मंगलबार मुस्ताङ आइपुगेकी थिक्षन् ।उनलाई जोमसोम अस्पतालको फिगर क्लीनिकमा राखेर परीक्षण गर्दा उच्च जरो देखिएको अस्पतालले जनाएको छ । हाल सम्भावित कोरोना भनिएकी महिलालाई जोमसोम अस्पतालको आइसोलेसन कक्षमा भर्ना गराई उपचार सुरु गरिएको अस्पतालका मेसु शिव भण्डारीले बताए।

ती महिलाको बुधबार बिहान द्रुत परीक्षण (र्‍यापिड डाइगोनोष्टिक टेष्ट ) परीक्षण गरिए पनि अस्पतालले र्‍यापिड टेष्टको नतिजा तत्कालै सार्वजनिक गर्न नमिल्ने जनाएको छ । स्वाब पोखरा पठाइएको र त्यहाँबाट पीसीआर रिपोर्टको नतिजा आइसकेपछि मात्र कोरोना भए नभएको पुष्टि हुने अस्पताल श्रोतले जनाएको छ।

स्थानीय तहको पहलमा पोखरा र काठमाडौंलगायतका स्थानमा अलपत्र रहेका करिब १२ सय मुस्ताङीलाई उद्दार गरी जिल्ला भित्र्याएको थियो । स्थानीय तहले जिल्ला भित्रिएका सबैलाई सरकारी क्वारेन्टाइनमा नराखी होम क्वारेन्टाइन,समाजघर र विद्यालयमा राखेको छ । स्थानीय तहले जिल्ला भित्रिएका सबैलाई सरकारले तोकेको १४ दिने क्वारेन्टाइन मापदण्ड घटाएर ७ दिन मात्र होम क्वारेन्टाइनमा बस्न लगाएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.