अण्डा बिक्री भएन : दाना नपाएर कुखुरा मर्न थाले

अण्डा बिक्री भएन : दाना नपाएर कुखुरा मर्न थाले

जाजरकोट : भेरी नगरपालिका–३, स्यालामा दानीलाल पुनले सञ्चालन गरेको 'पुन कुखुरा फार्म'बाट दैनिक ७ सय अण्डा उत्पादन हुन्छ । लकडाउनका कारण अण्डा बिक्री  नहुँदा करिव १५ लाख रुपैयाँ घाटा बेहोर्नु परेको उनले गुनासो गरे । ‘फार्ममा अण्डाको थुप्रो लागेको छ,’ उनले भने, ‘कुखुरालाई दाना खुवाउन मात्र दैनिक ७ हजारका दरले खर्च हुन्छ तर अण्डा  बिक्री  हुँदैन ।’

उनको फार्ममा करिब १५ हजारभन्दा बढी अण्डा थन्किएका छन् । प्रतिअण्डा १० रुपैयाँमा दिँदा पनि बिक्री नभएको उनले सुनाए । उनले दाना प्रतिकिलो ७० रुपैयाँमा खरिद गरी एक हजार कुखुरा पालिरहेका छन् ।

आठ महिनाअघि व्यवसाय सुरु गरेका पुनले नाफा लिने बेला लकडाउनले समस्या पारेको बताए । ‘बजार र होटल ठप्प भएपछि अण्डा बिक्री हुन छाडे,’ उनले भने, ‘लकडाउन लम्बिंदै गएपछि व्यवसाय नै संकटमा पर्न थालेको छ ।’ उनका अनुसार लकडाउनअघि दैनिक करिब उत्पादन भएका सात सय अण्डा बिक्री हुन्थ्यो । तर अहिले सय अण्डा पनि  बिक्री  हुँदैन । लकडाउनकै कारण दानाको समेत अभाव हुन थालेको छ । दाना अभावमा दुई सय कुखुरा मरेको उनी बताउँछन् ।

त्यस्तै भेरी नगरपालिका ४ फुलबारीमा कुखुरा ब्यवसाय संचालन गर्दै आएका चन्द्रबहादुर पुनको समस्या पनि उस्तै छ । लकडाउनका कारण अण्डा  बिक्री नहुँदा उनी चिन्तामा परेका छन् । उनको कुखुरा फर्ममा दैनिक साढे चार सय अण्डा उत्पादन हुन्छ । उनका पाँच सय कुखुरा छन् । सदरमुकामका घरघरमै गएर अण्डा पुर्‍याउने गरेको छु तर पनि सबै  बिक्री हुँदैनन् । पहिलेका ग्राहक गाँउतिर लागेका छन् । होटल ब्यवसाय, विद्यालय कलेज बन्द छन् । ग्राहक नभएपछि  अण्डा  बिक्रीमा समस्या देखिएको छ । एक वर्षदेखि ब्यवसाय गर्दै आएका उनी फाइदा लिने बेला भएको लकडाउनले सबै लगानी डुब्न थालेको गुनासो गर्छन् । ‘दाना पनि पाइँदैन । पाइए पनि बढी मूल्य तिरेर किन्नु पर्छ । कुखुरा जोगाउनै मुस्किल छ’, उनले भने, ‘लामो लकडाउनले कुखुरापालन ब्यवसाय चौपट हुने भो ।’

उनीहरु जस्तै लामो लकडाउनका कारण अण्डा बिक्री नहुँदा जाजरकोटका कुखुरापालक किसान मर्कामा परेका छन् । जिल्लामा करिव ५० ब्यवसायीले कुखुरापालन गर्ने गरेका छन् । उनीहरू सबैका कुखुरा र अण्डा  बिक्री नभएपछि समस्यामा परेका छन् । साहु ऋण गरेर ब्यवसाय सुरु गरेका लगानी डुब्ने चिन्ताले हैरान भएका छन् । लकडाउनका कारण दानासमेत नपाइने र पाएइए पनि महंगोमा किन्नु पर्दा व्यवसाय नै संकटमा परेको किसानको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.