नवलपरासीमा पीसीआर विधिबाट कोरोना परीक्षण सुरु

नवलपरासीमा पीसीआर विधिबाट कोरोना परीक्षण सुरु

परासी : पश्चिम नवलपरासीमा पीसीआर विधिबाट कोरोना परीक्षण सुरु गरिएको छ । जिल्लाका सातवटै स्थानीय तहबाट बुधबारदेखि परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

कोराना आशंका गरिएकाको स्वाब संकलन गर्न प्रदेश ५ सरकारले २ सय थान भिटिएम पठाएको छ । जिल्लाका १३ स्थानमा ४ आइसोलेसन र ३ सय १६ क्वारेन्टाइन छ । पहिलो चरणमा संस्थागत क्वारेन्टाइनमा बसेर घर गइसकेका र हाल बसिरहेकाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइने छ । हरेक स्थानीय तहमा २५ देखि ५० जनासम्मको स्वाब संकलन गरिने छ । 

'संस्थागत क्वारेन्टाइनमा बसेर गएका १ सय ८९ जनाको आरटीडी परीक्षण भइसकेको छ । उनीहरुको पनि स्वाब संकलन हुन्छ । त्यसैगरी हाल क्वारेन्टाइनमा रहेका १ सय जनाको समेत स्वाब संकलन गरेर पठाइने छ,' स्वास्थ्य प्रमुख ढकालले भने ।

क्वारेन्टाइनमा बस्ने सबै भारतलगायत तेस्रो मुलकबाट आएका हुन् । जिल्लामा होम क्वारेन्टाइनमा बस्नेहरु करिब ७ सयको हाराहारीमा रहेको ढकालले जानकारी दिए ।'भिटिएम कम भएर पहिलो चरणमा क्वारेन्टाइनमा बसेकाको मात्र गर्न लागिएको हो । दोस्रो चरणमा भिटिएम आएपछि होम क्वारेन्टाइनमा बसेको पनि परीक्षण हुने ढकालले भने।

भिटिएमका लागि प्रदेश सरकारसँग माग गरिरहेको उनले बताए । ६ जना दक्ष स्वास्थ्यकर्मीले स्वाब संकलन गरिरहेका छन् । संकलन गरिएको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइने छ । 'भैरहवामा पनि प्रयोगशाला छ तर त्यहाँको प्रयोगशालाले यता नपठाउन भनेकाले काठमाडौं पठाइने छ ,' स्वास्थ्य प्रमुख ढकालले भने । परीक्षण रिपोर्ट दुई दिनमा आउने छ । जिल्लामा हालसम्म कसैमा पनि कोरोना पोजिटिभ देखिएको छैन । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.