आगलागीबाट घाइते भएका वडा अध्यक्ष खनालको निधन
बागलुङ : आगलागीमा परी गम्भीर घाइते बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौरका अध्यक्ष पूर्ण खनालको निधन भएको छ। खनालको किर्तिपुरको फायर अस्पतालमा उपचारकै क्रममा रहेका बेला हृदयघात भइ निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
गत बैशाख ८ गते गुल्मीको चन्द्रकोट गाउँपालिका ४ स्थित शान्तिपुर बजारमा रहेको घरमा आगलागी हुँदा उनका कान्छा छोरा समिर खनालको घटनास्थलमै मृत्यु भएको थियो । वडा अध्यक्ष खनाल र उनकी धर्मपत्नी रुपा खनाल गम्भीर घाइते भएका थिए । घाइते भएलगत्तै खनाल दम्पतीलाई उपचारका लागि काठमाडौं लगिएको थियो ।
वडा अध्यक्ष खनाल बरेङ गाउँपालिकाका ३ बाटाकाचौरका स्थायी वासिन्दा भएपनि मुख्य व्यापार व्यवसाय भने छिमेकी जिल्लाको शान्तिपुरमा लामो समयदेखि सञ्चालन गर्दै आएका थिए ।