शंकास्पद लक्षणपछि स्वाथ्यकर्मीको स्वाब परीक्षण

शंकास्पद लक्षणपछि स्वाथ्यकर्मीको स्वाब परीक्षण

बागलुङ : दुई संक्रमित निको भएर घर फर्किएपछि बागलुङमा फेरी स्वास्थ्यकर्मीसहित दुईजनाको स्वाब परीक्षणका लागि पठाइएको छ ।  धौलागिरी अञ्चल अस्पतालमा कार्यरत डाक्टर र अर्का एकजनामा कोरोना भाइरस (कोभिड १९) को लक्षण देखिएपछि स्वाब संकलन गरिएको हो ।

 
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गरौले पनि स्वास्थ्यकर्मीको शंकास्पद लक्षणपछि स्वाब परीक्षणका लागि पोखरा पठाइएको पुष्टि गरे । 'एकजना अस्पतालमै कार्यरत स्वाथ्यकर्मी र अर्को एक जनाको स्वाब परीक्षणका लागि पठाइएको छ, गुरौले भने, 'यसले हामी सबैलाई झस्काएको छ, जिल्लामा सहज बन्दै गएपनि सबै सचेत हुन जरुरी छ ।'

अस्पतालमै कार्यरत डाक्टरलाई रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि स्वाब संकलन गरी आकस्मिक रुपमा पोखरा पठाइएकोमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए ।

'डाक्टर सापलाई कोरोनासँग मिल्ने लक्षण देखिएपछि अस्पतालमा सबैलाई सन्त्रस्त बनायो,' गौतमले भने, 'रिपोर्ट नेगेटिभ आएपछि केही राहत महुशुस भएको छ ।' अर्का प्राइभेट स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीको रिपोर्ट भने आउन बाँकी रहेको उनले बताए । 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.