स्थानीय सरकारको लापरवाहीले मजदुरलाई सास्ती

स्थानीय सरकारको लापरवाहीले मजदुरलाई सास्ती

इलाम : दोलखाको कालिञ्चोक गाउँपालिकाका अध्यक्षले नेपाल प्रवेश गर्ने पत्र दिएपछि दार्जिलिङबाट करिब ३५ किलोमिटर हिँडेर नेपाल-भारत सीमा क्षेत्र पशुपतिनगर नजिक आएका मजदुरलाई सोमबार बिहान नेपाली सुरक्षाकर्मीले नेपाल प्रवेश दिएन।

अध्यक्षको पत्रसहित स्वदेश आउने आशमा हिँडेका भारतको दार्जिलिङ क्षेत्रमा काम गर्ने २४ जनालाई उतै फिर्ता पठाइएको छ।सशस्त्र प्रहरी बल पशुपतिनगरका निरीक्षक पवन खड्काले गाउँपालिका अध्यक्षको पत्र देखाएर सिमानासम्म आए पनि सरकारको निर्देशन अनुसार कार्यस्थल तर्फनै पठाएको बताए।

गाउँपालिकाको पत्र पाएपछि दोलखाको कालिञ्चोक गाउँपालिका वाड न ४ र ५ नम्बर वडामा घर भएका दार्जिलिङ क्षेत्रमा भरिया र ज्यामी काम गर्ने २४ जना राति ८ बजे दार्जिलिङबाट हिँडेको प्रहरीलाई बताए।

उनीहरू राति जंगलमा चार घण्टा जति सुतेर बिहान दुई माइलमा आएपछि नेपाली सुरक्षाकर्मीले बाटोमै रोकेर भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाइएको प्रहरी महानिरीक्षक खड्काले बताए।उनले भने, ‘स्थानीय तहको पत्रका आधारमा नेपाल प्रवेश गर्न दिने निर्देशन छैन।’

यो समूहमा १७ वर्षदेखि ५० वर्ष सम्मका महिला र पुरुष श्रमिक रहेको जनाइएको छ।उनीहरूलाई भारतीय प्रहरीको जिम्मा लगाइएको छ।भारतमा श्रमिकलाई महिनाको ६ किलो चामल मात्रै रहत स्वरूप दिएपछि भोकमरीबाट बच्न नेपाल प्रवेश गर्न खोजेको उनीहरूले बताए।

यसअघि २८ जनालाई नेपाली सुरक्षाकर्मीले भारत नै फर्काइसकेको छ।तेह्रथुमका नौ जनालाई भने यसअघि नियन्त्रणमा लिएर घर पठाएको खड्काले बताए।पछिल्लो समय सिमानामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

नेपाल प्रवेश गर्न खोज्नेका निगरानी बढाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका निरीक्षक रमेश राईले जानकारी दिए।उनले भने, ‘सिमानामा आवतजावत पुरै ठप्प छ, प्रवेश गर्न खोज्नेलाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाउने गरिएको छ।भारतीय सुरक्षाकर्मीले आफ्ना देशका नागरिकलाई उतै नरोक्दा समस्या बढेको स्थानीय सुरक्षाकर्मीले बताए।

दार्जिलिङ र सिक्किममा काम गर्ने नेपालीका लागि इलामको ५२ किलोमिटर सीमाक्षेत्र सहज प्रवेश मार्ग बन्ने खतरा बढेको सुरक्षा अधिकारी बताउँछन्।नेपाल सरकारले नेपाल-भारत सीमावर्ती १८ स्थानमा सशस्त्र प्रहरीको अस्थाइ पोस्ट् खडा गरिसकको जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलले जानकारी दिए।

सशस्त्र प्रहरी उपरीक्षक रोशन श्रेष्ठका अनुसार रोङ गाउँपालिकाको जिर्मले, सूर्योदय नगरपालिकाको समाल्बुङ, छब्बिसे, हिले, मानेभञ्ज्याङ, सन्दकपुर गाउँपालिकाको मेघमा र जौबारीमा अस्थायी सुरक्षा पोस्ट राखिएको हो।

कोरोना संक्रमित देश भारतबाट हुलका हुल नेपाली प्रवेश गर्ने र उनीहरू क्वारेन्टाइनमा नबसि गाउँ गाउँमा जान थालेपछि यसलाई रोकथाम गर्न अस्थायी सुरक्षा पोस्ट् खडा गरेको बताइएको छ।०००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.