लकडाउनले नछोएको मकै व्यवसाय : खेतमै पुग्छन् व्यापारी

लकडाउनले नछोएको मकै व्यवसाय : खेतमै पुग्छन् व्यापारी

परासी : लकडाउन सुरु भएसँगै पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–१३ जहदा गाउँका मकै खेती गर्ने किसानहरु चिन्तित बनेका थिए । लकडाउनले खेतमा तयार भएका मकै बाहिर पठाउन नसकिने भन्दै उनीहरु चिन्तित बनेका थिए । तर लकडाउनपछि पनि धमाधम मकै बिक्री हुन थालेपछि उनीहरु खेतीप्रति उत्साहित भएका छन् । लकडाउनमा पनि स्थानीय बजारहरुबाट मात्र होइन बुटवल, भैरहवाबाट मकै खरिद गर्न गाडी नै लिएर व्यापारी किसानको खेतमै पुग्ने गरेका छन् । यसले गर्दा बिक्रीका लागि कुनै समस्या नरहेको किसानहरुको भनाइ छ । यहाँका सबै स्थानीयले नगदे बालीका रुपमा मकै खेती लगाउने गरेका छन् ।   

पहिला भारतको ठूठीबारी, बर्गदवा, निचलौललगायतका स्थानबाट मकै खरिद गर्न आउने गरेका थिए । तर लकडाउनका कारण भारततर्फ नगए पनि स्थानीय बजार र छिमेकी जिल्लाबाट आउनेले नै सबै मकै लिएर जाने गरेको किसानको भनाइ छ ।

जहदा गाउँ मकै खेतीका लागि पकेट क्षेत्र मानिन्छ । यहाँका अधिकांश किसानहरु व्यवसायीक मकै खेतीमा लागेका छन् । करिब २० हेक्टरमा सामुहिक र व्यक्तिगतरुपमा व्यवसायीक मकै खेति गरिएको छ । व्यवसायीक खेती नगर्नेहरुले पनि सबैले आ–आफ्नो खेतमा मकै लगाएका छन् । यसले उनीहरुको दैनिकी चलाउन मद्दत पुगेको छ ।  

‘खेतमा तयार भएका मकै लकडाउनका कारण बिक्री नहुने चिन्ताले सताएको थियो । तर स्थानीय बजार र रुपन्देही जिल्लाका विभिन्न स्थानबाट समेत व्यवसायीहरु खरिद गर्न आउने गरेका छन् । यसले हामीलाई बिक्री गर्न कुनै समस्या छैन’, जयनगर कृषि समूहका सदस्य कृष्ण प्रसाद आचार्यले भने । यहाँका सबै किसानहरुले पाइनियर र श्रेष्ठ जातका हाइब्रिड मकै लगाउने गरेका छन् । वर्षमा सजिलै दुई बाली मकै हुने गरेको छ । एक कठ्ठामा ७ हजारदेखि ८ हजारसम्म आम्दानी हुने भएकाले स्थानीयहरु मकै खेतीमा आर्कषित भएको आचार्यले बताए । 

‘एक जनाले कम्तिमा १०-१२ कठ्ठादेखि एक विघासम्म मकै लगाएका छन् । दैनिकी चलाउनेदेखि व्यवसाय गर्नेहरुका लागि आम्दानीको राम्रो स्रोत बनेको छ’, उनले भने । गतवर्ष नेपालमै मकै खेती गर्ने जिल्लामध्ये मोरङ पहिलो भएको र पश्चिम नवलपरासी दोस्रो भएको आचार्यले सुनाए । हरियो मकैको माग बढी छ । सुकेको मकैको माग पनि उत्तिकै रहेको किसानहरुको भनाइ छ । हरियो मकै बेच्दा किसानलाई अलि बढी फाइदा हुन्छ । दाना बनाउनका लागि भने सुकेको मकैको माग बढी छ ।’ अर्का किसान खुमानन्द पन्तले भने । हरियो मकै प्रति घोगा ५ देखि १० रुपैयाँमा बिक्री हुने गरेको छ ।   

मकै खेतीका लागि नगरपालिकाले ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराउँदै आएको छ । किटनाशक औषधि र सहजरुपमा बिउ उपलब्ध हुन नसक्दा समस्या भएको किसानको भनाइ छ । मकै छोडाउनका लागि उनीहरुले समूहमा मेशिन किनेका छन् । तर डाँठ काट्ने मेशिन नहुँदा समस्या भएको किसानहरुले गुनासो गरेका छन् । मकैमा लाग्ने गवारोले समस्या पारेको छ । पछिल्लो पटक फौजी किराले पनि सताउन थालेको किसानहरुको भनाइ छ । 

विदेशमा मकैलाई डिब्बामा प्याक गरेर बिक्रीका लागि पठाउने गरिएको छ । सरकारले पनि त्यसको व्यवस्था गर्न सके नेपालको मकै देश-विदेशमा प्रख्यात गराउन सकिने स्थानीय किसानको भनाई छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.