प्रहरीसँगको विवादमा ३ स्थानीय घाइते

प्रहरीसँगको विवादमा ३ स्थानीय घाइते

परासी : सशस्त्र प्रहरीसँग विवाद हुँदा ३ स्थानीय घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको हात भाँचिएको छ । भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका-५ भगतपुर गाउँमा बुधबार राती भएको विवादमा ६५ वर्षीय पूर्णमासी गौंड, १४ वर्षीय अखलेस गौंड र १७ वर्षीय मुन्ना गौड घाइते भएका हुन् । घाइतेमध्ये पूर्णमासी र अखलेसको हात भाँचिएको छ । 

टाउकोमा पनि चोट लागेको छ । पूर्णमासी र अखलेस हजुरबुबा र नाती हुन् । उनीहरुको दसगजा नजिक मदिरा पसल छ । लकडाउनको समयमा मोटरसाइकलमा राखेर मदिरा लैजाने क्रममा विवाद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

तर, स्थानीयले भने घरबाट आफ्नै पसलमा झुल लिन जाने क्रममा अखलेसलाई कुटपिट गरेको जनाएका छन् । 'लकडाउनको समयमा पसल खोल्न नपाइएकाले घरबाट अखलेस झुल लिन पसल जाँदै थिए । एक्‍कासी शसस्त्र प्रहरीले कहाँ आएको भन्दै मोबाइल खोसेर अखलेसलाई कुटपिट गरे,' एक स्थानीयले भने।

उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार गराइरहेका पूर्णमासीले भने।  दसगजाहुँदै भारततर्फ मदिरा लिएर जाने क्रममा प्रहरीले रोक्दा स्थानीय जाइ लागेको शसस्त्र प्रहरी बल नेपाल नं. २६ हेडक्वाटर नवलपरासीका उपरीक्षक भरत खनियाँले बताए ।'मोटरसाइकलमा एकजना व्यक्ति जाँदै थिए । उनलाई रोक्न खोज्दा मोटरसाइकल छाडेर आफूसँग भएको मदिरासँगै लिएर गए । त्यसपछि उनले गाउँलेलाई बोलाएर पोष्टमाथि आक्रमण गर्न सुरु गरे,' उनले भने।'

पोष्टमा ६ जना शसस्त्र प्रहरीले सीमामा निगरानी गर्दै आएका छन्। 'डेढ दुई सयको संख्यामा आएका स्थानीयले अस्थायी पोष्टमा आक्रमण गर्दै प्रहरीमाथि जाइ लागे । संख्या कम भएकाले थप बल पठाएर स्थिति नियन्त्रणमा लिएका हौं, ' उपरीक्षक खनियाँले भने।

झडपमा केही व्यक्तिलाई चोट लागेको हुनसक्ने उनले बताए । मदिरा छाडेर गएको मोटरसाइकल नियन्त्रणमा लिइएको शसस्त्र प्रहरीले जनाएको छ ।

मदिरा बरामद
यसैबीच पाल्हीनन्दन गाउँपालिकाको शंकरपुर नाकाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सीमा प्रहरी चौकी महेशपुरले १८ कार्टुन मदिरा बरामद गरेको छ । लकडाउनको समयमा सीमामा रहेका मदिरा पसल बन्द छन् । सीमामा आउने भारतीय ग्राहक लकडाउनका कारण आउन नपाएपछि भारतीय क्षेत्रमा मदिराको माग बढी रहेको छ । सोही क्रममा सीमा नाकाहुँदै भारततर्फ लैजाँदै गरेको सोफी नामक मदिरा बरामद गरेको सीमा प्रहरी चौकीका निरीक्षक महेश्वर उपाध्यायले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.