बारेकोटमा एक किलो नुनको मुल्य ६० रुपैयाँ !

बारेकोटमा एक किलो नुनको मुल्य ६० रुपैयाँ !

बारेकोट (जाजरकोट) : जाजरकोटको बारेकोटमा एक किलो नुनको मुल्य ६० रुपैयाँमा बिक्री भएको पाइएको छ। सदरमुकाममा एक केजीको ९ रुपैयाँमा पाइने आयोडिनयुक्त नुन बारेकोटमा ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

जिल्लाको सबैभन्दा विकट बारेकोट गाउँपालिकामा नुन बिक्री डिपो नहुँदा स्थानीय चर्को मुल्य तिर्न बाध्य भएका हुन् । जाजरकोटमा आयोडिनयुक्त नुन सहुलियत दरमा वितरण गर्न सरकारले ढुवानी अनुदान दिँदै आएको छ । 

ढुवानी अनुदान दिएको नुन सदरमुकाम र डिपोमा प्रतिकेजी ९ रुपैयाँमा पाइन्छ । व्यापारीले अनुदानकै नुन मिलेमतोमा खरीद गरेर दुर्गममा चर्को मुल्यमा बिक्री गर्ने गरेका छन् ।  लकडाउनका कारण गाडी चल्दैनन् । प्रहरीका आँखा छल्दै आधा बाटोसम्म ट्याक्टरमा र त्यसपछि घोडा खच्चडमा लगेको नुन व्यापारीले मनोमानी रुपमा बिक्री गर्दा पनि स्थानीय प्रशासन मुक दर्शक बनिरहेको छ । दुर्गममा प्रशासनले कहिल्यै अनुगमन नगर्दा व्यापारीले मनोमानी गर्ने गरेको स्थानीयको गुनासो छ ।

बारेकोटमा व्यापारीले निजी लगानीमा खरीद गरेर लगेको ढुवानी अनुदानको नुन बारेकोटको तल्लो भेगमा ५० रुपैयाँ र माथिल्लो भेगतिर ६० रुपैयाँमा बिक्री गर्ने गरिएको स्थानीयको भनाइ छ । सदरमुकाममा ९ रुपैयाँ पोका पाइने नुन बारेकोटमा ६÷७ गुणा बढी मुल्यमा किन्नुपर्ने बाध्यता रहेको बारेकोट २ ध्यारगाउँका मनवीर परियारले बताए ।

६० रुपैयाँ हाल्दा पनि नुन पाउन मुस्किल हुन्छ । उनले भने, 'त्यही पनि हारालुछ हुन्छ । नुन खानै पर्यो । खाने नुन नहुँदा व्यापारीले भने अनुसारको भाउमा किन्न बाध्य छौं।' मानिसका साथै पशुचौपायालाई खुवाउनुपर्ने भएकाले पनि गाउँघरमा बढी नुन खपत हुने गर्दछ ।

बारेकोटमा भएको नुनको संकट टार्न गाउँपालिकाले ढुवानी अनुदानको तीन हजार किलो नुन किनेर लगेको छ । पहिलो चरणमा प्रत्येक घरमा एक केजी ( एक पोका ) नुन वितरण गर्छौं, गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले भने, 'निजी क्षेत्रबाट ढुवानी ठप्प छ । स्थानीयको आवतजावत बन्द छ । केही व्यापारीले लिएको नुनको मुल्य निकै महँगो हुँदा स्थानीय मर्कामा परेका छन् । त्यही भएर गाउँपालिकाले अग्रसरता लिएर नुन वितरण थालेको हो ।'

नुनको समस्या बर्षेनि हुने बारेकोटमा गत वर्ष सरकारसँग डिपो स्थापनाका लागि माग गर्दा पनि सुनुवाई नभएको अध्यक्ष शाहले बताए । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडको सदरमुकामस्थित गोदाम र नलगाड डिपोमा नुनको अभाव नभएको बताए । 

तर, बारेकोटलगायतका दुर्गम गाउँपालिकामा नुनको केही समस्या देखिएको छ ।प्रमुख जिल्ला अधिकारी पन्तले चर्को मुल्यमा बिक्री गरेको पाइए उजुरी गर्न आग्रह गरे । 'संकटको बेला कालोबजारी गर्नेलाई कारवाही हुन्छ, उनले भने, '९ रुपैयाँमा पाइने एक किलो नुनको ६० रुपैयाँ लिन पाइदैन।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.