बुझ्दैन गृह, भोकभोकै श्रमिक

बुझ्दैन गृह, भोकभोकै श्रमिक

इलाम : इलामको रोङ गाउँपालिका ३ चिण्डेपानीकी मनिका भुजेलको डेरामा खाद्यान्न र ग्यास एकैसाथ सकिन लागेको छ। आफ्ना नागरिक घर फर्काउन गाउँपालिका अध्यक्ष आफैं काठमाडौं पुगेको पाँच दिन भयो। तर संघीय सरकारले अनुमति नदिँदा मुनिका जस्तै ज्यालादारी गर्नेलाई सकस परेको छ।

नौ महिनाको नानी, श्रीमान्सहित भक्तपुरको च्याउ फार्ममा काम गर्ने उनको काम रोकिएको एक महिनाभन्दा बढी भयो। उनले सुनाइन्, ‘सानु नानी छ, सबै कुरा सकिन लाग्यो, घर फर्कन सरकारले दिँदैन।’

उनले पटक पटक गुनासो गरिन्, ‘अवस्था नाजुक छ।’ उपत्यकाबाट निस्कन पाए बाँचिने सपना देखेका उनीहरू वैशाख १५ मा गाउँपालिका अध्यक्ष शम्सेर राई आफैं जिल्लाबाहिर रहेका १२४ जना रोङ गाउँपालिकाका नागरिकलाई ‘उद्धार गर्न’ आएको खबरले उत्साहित भएका थिए। ‘हामी गाउँ गएर स्थानीय सरकारको क्वारेन्टाइनमा बस्ने तयारीमा थियौं’, मनिकाले भनिन्, ‘हाम्रो सुरक्षाका बारेमा हामीलाई नै चिन्ता थियो।’

मनिका मात्रै होइन, रोङ ३ कै नारायण भुजेल पनि एउटै कोठामा ८ जनासँग बसेका छन्। एक महिनाभन्दा बढीदेखि दैनिक ज्यालादारी बन्द भएका उनले भने ‘संघीय सरकारले हाम्रो कुरै बुझेन।’ उनका अनुसार च्याउ फार्ममा ज्यालादारी गर्ने मात्रै रोङका ५० भन्दा बढी काठमाडौंमा छन्। कीर्तिपुरमा डेरा बस्ने भुजेलले गुनासो गरे, ‘खानेकुरा सुकियो अब कसरी प्राण धान्ने भन्ने चिन्ताले सतायो।’ बालबालिकासहित परिवार नै सहर पसेको उनीहरूले गृह मन्त्रालयले समस्या नबुझ्दा भोकै मर्ने चिन्ताले सताएको बताए।

रोङका अध्यक्ष शम्शेर राईले जिल्लाबाट संघीय सरकारमा प्रतिनिधित्व गर्ने सुवासचन्द्र नेम्बाङ, झलनाथ खनाल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न सरोकारवालालाई कुरा बुझाएर नागरिकलाई घर फर्काउने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेको बताए। विद्यार्थी र मजदुर गरेर रोङका मात्रै १२४ जना जोखिममा परेपछि गाउँपालिकाले उद्धारको प्रयास सुरु गरेको उनले जानकारी दिए। रोङले यसअघि भारतबाट आएका ८० भन्दा बढीलाई क्वारेन्टाइनमा राखेर घर फर्काएको छ।इलाममै धेरैलाई क्वारेन्टाइनमा सजिलो गरी व्यवस्थापन गरेको रोङ गाउँपालिकाले जिल्ला बाहिर रहेका नागरिकलाई व्यवस्थापनका लागि क्वारेन्टाइनमा राख्ने सबै प्रबन्ध गरेर नागरिक फर्काउने तयारी गरेको राईले बताए। उनले भने, ‘बाहिरबाट आउने सबैलाई क्वारेन्टाइनको व्यवस्था गरिएको छ, गृहको पत्रले हाम्रो प्रयासलाई ठेस लगाएको छ।’ उनले सबै सुरक्षाको प्रबन्ध गरेर नागरिक फर्काउन काठमाडौ पुगेको बताए।

राईले भने, ‘अहिले पनि हामी प्रयास गरिरहेका छौं, प्रयास सफल भएन भने पनि श्रमिक र विद्यार्थीलाई बिचल्लीमा पर्न दिँदैनौं।’ नागरिकलाई भोकभोकै थुनेर राख्नुभन्दा सुरक्षित रूपमा गाउँ फिर्न दिनुपर्ने काठमाडौंमा थुनिएकाको गुनासो छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.