भारतबाट फर्केकाको खोजी गर्दै प्रहरी

भारतबाट फर्केकाको खोजी गर्दै प्रहरी

बैतडी : गत बिहीबार भारतीय सीमाका क्‍वारेन्टाइनमा बसेका नेपालीहरु स्वदेश फर्किएपछि क्‍वारेन्टाइनमा नबसी घर गएका पाइएको छ। भारतीय क्‍वारेन्टाइनमा बसेकाहरुलाई दुई हप्ता क्‍वारेन्टाइनमा बस्ने सर्तसहित स्वदेश ल्याए पनि कतिपय नागरिक क्‍वारेन्टाइनमा नबसी घर गएकाले प्रहरीले उनीहरुको खोजी गर्न थालेको हो।

जिल्लाको दशरथचन्द नगरपालिकाका २१ जना मध्ये १९ जना क्‍वारेन्टाइनमा नबसी बाटोबाटै घर गएपछि प्रहरीले खोजी गर्दै क्‍वारेन्टाइनमा ल्याएको छ। क्‍वारेन्टाइनमा नबसी घर गएकाहरुलाई घरबाटै खोजेर क्‍वारेन्टाइनमा ल्याएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए। उनले भने 'सीमाबाट फर्केका जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु नै क्‍वारेन्टाइनमा बस्न मानिरहेका छैनन्। यो महामारीका बिषयमा अझै पनि नागरिक सचेत हुन सकेका छैनन्।'

सुदूरपश्चिम प्रदेश सरकारले भारतबाट फर्केका हरेक नागरिकलाई दुई हप्ता क्‍वारेन्टाइनमा राख्ने निर्देशिका जारी गरेको छ। तर त्यसको विपरित भारतबाट फर्केकाहरु घरमा गएपछि प्रहरीले घरबाटै खोजेर क्‍वारेन्टाइनमा राखेको हो। 'बिहीबार स्वदेश फर्केका मध्ये दशरथचन्द नगरपालिकाका अधिकांश नागरिक घर गएका भेटिए। उनीहरुलाई हामीले खोजेर क्‍वारेन्टाइनमा राखेका छौं' प्रहरी नायव उपरीक्षक पाण्डेयले भने, 'क्‍वारेन्टाइनमा बस्ने कुरा प्रहरीको एक्लो प्रयासले हुँदैन्। यसमा सबैले सहयोग गर्नुपर्छ।'

जिल्लाका अरु ठाउँका नागरिक क्‍वारेन्टाइनमा नबसेका जानकारी आएको छैन्। त्यस्तो जानकारी आएमा प्रहरीले खोजी गरेर क्‍वारेन्टाइनमा ल्याउने प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए। गएको बिहीबार झुलाघाट नाकाबाट १ हजार २९९ नागरिक स्वदेश फर्किएका थिए। त्यस्तै धारचुला नाकाबाट पनि धेरै नागरिक स्वदेश फर्किएका थिए। दुवै नाकाबाट बैतडीको पुर्चौंडीका मात्रै ८४८ जना स्वदेश फर्किएका छन्। 'स्वदेश फर्किएकाहरुको हामी तथ्यांक संकलनमै व्यस्त छौं। कोही बाटो बाटै घर गएका भए उनीहरुलाई क्‍वारेन्टाइनमा ल्याउँछौं' पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले भने 'भारतबाट फर्केका सबै नागरिकलाई क्‍वारेन्टाइनमा बस्न आग्रह गरिरहेका छौं।'

घाटहरुबाट तर्ने क्रम पनि रोकिएन्  
कोरोनाको जोखिम बढेको भन्दै बैतडीको भारतसँग सीमा जोडिएका घाटहरु बन्द भएका एक महिना बढी भइसकेको छ। ६२ किलोमिटर सीमा क्षेत्रमा सुरक्षार्थ सशस्त्र प्रहरीसमेत खटाइएको छ। तर पनि विभिन्न ठाउँबाट ट्युबबाट महाकाली तरेर आउने क्रम अझै रोकिएको छैन्। शनिबार मात्रै महाकाली नदी तरेर शिवनाथ गाउँपालिकाका १० भन्दा बढी नागरिक भित्रिएका छन्। उनीहरुलाई क्‍वारेन्टाइनमा राखिएको जनाइएको छ।

महाकाली नदीमा ट्युबमार्फत आउने मानिसहरु लुकेर आउँदै सिधै घरमा गएर बसेका हुन सक्ने भएकाले प्रहरीले भारतबाट आएकाहरु खोजी गर्ने कार्य भने तीव्र पारेको छ। 'हामीले मातहतका सबै चौकीलाई भारतबाट आएका नागरिकको निगरानी गर्न भनेका छौं। कोही आइहाले भने क्‍वारेन्टाइनमा राख्न निर्देश गरेका छौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.