फुङलिङ बजार आगलागीः आठ घर र ११ पसल जले, ३७ परिवार विस्थापित (तस्बिर)

फुङलिङ बजार आगलागीः आठ घर र ११ पसल जले, ३७ परिवार विस्थापित (तस्बिर)

ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार रातीको आगलागीबाट आठ घरमा रहेको ११ पसल जलेका छन् । त्यहाँ बस्ने ३७ परिवार विस्थापित भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 

राती साढे १० बजे सुरु भएको आगो शनिबार बिहान मात्रै नियन्त्रणमा आएको थियो । तर, शनिबार बिहान १० बजेसम्म पनि आगलागिस्थलमा धुवाँ आइरहेको छ । फुङलिङ र फिदिम नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा खटिएका थिए । 

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार क्षतिको संकलन थालिएको छ । जस्तापाताका छाना भएको ठाउँबाट सुरु भएको आगलागीले खेम केसीको ४ तले पक्की घरसहित नेत्रबहादुर कार्की, खेमराज कार्की, चन्द्रप्रसाद निरौला, खड्ग थापा, ठगबहादुर कार्की, नारायण भट्टराईं, हस्तमाया लेछर्वो र रामकुमार शाहको घर पूर्णरुपमा जलेको छ । 

खेम केसीको घरमा अलैंची र खाद्यान्नको गोदामसहित पसल थियो भने अन्य घरमा होटल, स्टेसनरी र चिया पसल थिए । जिल्ला फुटबल संघ, जिल्ला प्याब्सन, अलैंची व्यावसायी संघ, नेपाली कांग्रस जिल्ला कार्य समितिको कार्यालय पनि जलेका छन् । आगलागीको कारण र आगो सुरु भएको घर खुलिनसकेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.